बैकिङ नियमअनुसार जुनसुकै बैंकहरुले ऋण प्रदान गर्दा ऋणीसँग गर्ने सम्झौताअनुसार एकल अंकमा प्रदान गरेको ऋणको ब्याजदर बृद्धि गर्नुपर्ने अवस्था आएमा १० प्रतिशत मात्रै बृद्धि गर्न पाइन्छ ।

जस्तै, ७ प्रतिशत ब्याजमा लिएको ऋणको ब्याजलाई अधिकतम बढाउदापनि ७.९९ प्रतिशतभन्दा बढी बनाउन पाइदैन । तर, ७ प्रतिशत मालिएको ऋणको ब्याजलाई एकैपटक १८ प्रतिशत बनाएर ऋणीहरुलाई शोषण भइरहेको प्रति पछिल्लो समय बैंकहरुले सो बैंकिङ नियमलाई ठाडै उलङ्घन गरीरहेको विषय नेपाल राष्ट्र बैंकलाई जानकारी छ कि छैन ? यस बिषयमा राष्ट्र बैंक मौन रहेनुको मुख्य कारण के हो भनेर महाअभियानले प्रश्न गरेको थियो ।

नेपाल राष्ट्र बंैकबाट इजाजतप्राप्त ‘क.ख.ग बर्गका बैंक तथाबित्तीय संस्थाहरुलाई संसोधन सहित जारी गरिएको एकीकृत निर्देशन २०७९ लाई कुन–कुन बैंक तथा बित्तीय संस्थाहरुले पालना गरेका छन् र कुन कुन बैंक तथा बित्तीय संस्थाहरुले उलङ्घन गरेका छन् भनेर नेपाल राष्ट्र बैंकले अनुगमन किन गर्दैन भनेरपनि महाअभियानले जानकारी खोजेको छ ।

नागरिक बचाउ महाअभियाना अनुसार सहुलियतपूर्ण कृषि ऋण लिइ बैकका सञ्चालकहरुले नै काठमाण्डौंमा होटल बनाएको र वास्तविक कृषकहरुले कृषि ऋण नपाएको प्रति ध्यनार्काण गराएपनि सरकारले वेवास्ता गदै आएको छ ।

नेपालभर हरेक बाणिज्य र विकास बैंकहरुले प्रवाह गर्ने कुल ऋणको १५ प्रतिशत रकम कृषि ऋणको रुपमा नितान्त सिमान्तकृत, दुःखी गरिब सर्वहारा बर्गहरुलाई २ प्रतिशत ब्याजदरमा अनिवार्य लगानी गर्नुपर्ने कानुनी प्रावधान हुँदा–हुँदैपनि उक्त कानुनी प्रावधान, नेपाल सरकार, राष्ट्र बैंक र अहिलका राजनीतिककर्मीहरुलाई छलेर बैंक तथा बित्तीय संस्था काकार्यकारी अधिकृत तथा प्रवन्धकहरुले नक्कली सिमान्तकृत, दुःखी गरीव र कृषकहरु खडा गरी तिनै बैंक स्ांचालक,बिचौलिया, भ्रष्ट, दलाल ५५ जना व्यापारीहरुलाई नै कृषि ऋणको नाममा लगभग १५ खर्व रुपैयाँ सहुलियतपूर्ण ऋण दिएको विषयमा पटक–पटक जानकारी गराएपनि यो विषयमा सरकारले चासो दिएको छैन ।

ऋणको उद्धेश्य अनुसारको काम भएको छैन र अहिले उक्त ऋण रकम दुरुपयोग गर्दै काठमाण्डौंमा होटल बनाउने , जग्गामा लगानी गर्ने, बिभिन्न कम्पनीहरु खोल्नमा लगानी गर्ने र विदेश पैसा पठाउनसम्मका कामहरु भएको छ ।

अहिले ठुलो अर्थीक अपचलन (घोटाला)भएको यो काण्ड,जसका कारणबैंक लघु बित्त र सहकारीहरुको चक्रवर्ती ब्याजमा परेर आज सम्म धरै नागरीकहरु रुखमा डोरीको पासो लगाई झुण्डिने, शारिरमा पेट्रोल खन्याई आगो लगाउने , बिष सेवन गर्ने जस्ताकार्य गरी आत्महत्या गर्न बिवश भएका छन् । अझै लाखौ नागरीकहरुले अत्माहत्या गर्नुपर्ने स्थितीसिर्जना भइहरहेको महाअभियानको विज्ञप्तीमा भनिएको छ ।

यस्तो अवैधानीक र कानुनतःदण्डनीयकार्य गरी कृषिका लागि दिएको सहुलियतपूर्ण ऋणको विषयमा तत्काल छानबिन गरी फिर्ता गरी कानुनले तोके बमोजिम सिमान्तकृत, दुःखी गरीव र किसानहरुलाई दिन माग गदैछौं । यो समाचार न्युज कारोबारमा छ।

अथवा यस्तो जघन्य अपराघमा संलग्न बैंक तथाबित्तीय संस्थाहरु र तिनका प्रमुखहरु तथा गरिब नागरीकहरुलाई शोषण गर्ने ति विदेशि मुलका ५५ जनाबिचौलिया, भ्रष्ट, दलाल ब्यपारीहरुलाई हदैसम्मको कार्वाही गर्न सरकार माग अभियानले गरेको छ ।

यसको सुनुवाइ नभएको खण्डमा जनताआफै सडकमा उत्रेर कावाही अगाडी बढाउने सक्ने अवस्था सिर्जना हुने पनि महाअभियानले जनाएको छ ।

सरकारले आफना जनता बचाउ कडा कदम चाल्नुपर्छ र अहिलेको अवस्था कायमै रहे आर्थिक संकट थपिदै जाने राष्ट्र, राष्ट्रियता, धर्म,संस्कृतिक र बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाँईले जानकारी दिए । बैक, लघुवित्तीय र सहकारी संस्थाका कारण धेरै ज्यान गुमाएका छन् । अझपनि यो समस्या समाधान नभएर त्यो संख्या थपिने उनको दाबी छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार