झापा। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले एमसीसी सम्झौता कार्यनयनका विरुद्ध  वृहत् विरोध प्रदर्शन गरेका छ ।
ब्याख्यात्मक टिप्पणीका नाममा राष्ट्रघाती एमसिसी सम्झौता संसदबाट अनुमोदन गरेर नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार गरेको र अहिले कार्यनयन गर्न लागि परेको भन्दै विरुद्ध प्रदर्शन गरेको हो ।
झापाको विर्तामोड स्थित पश्चिम बस स्टेसन बाट जुलुससहित सुरु भएको विरोध प्रदर्शन मुक्ति चौक इलाम स्टेसन हुँदै पुनः मुक्ति चोकमा आएर कोणसभामा परिणत भएको थियोे । विरोध सभाकाे सञ्चालन पार्टीका जिल्ला कार्यालय सचिव सञ्जय सीले गरेका थिए भने नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले सम्बोधन गरेका थिए । सभालाई सम्बाेधन गर्दै सत्ताधारी दलहरूलाई राष्ट्रघाती एमसीसी सम्झौता कुनै हालतमा कार्यनयन नगर्न चेतावनी दिए । देशको सीमा अतिक्रमण, संसदीय पुँजीवादी राज्यसत्ताको समस्या भएको भन्दै यो व्यवस्था रहँदासम्म कहिल्यै समाधान नहुने दावी गर्दै वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या समाधान हुने उनले बताए ।
एमसीसी विरुद्धको आन्दोलन नेपालको स्वाधीनता रक्षाका लागि भएको बताउदै उनले कुनै पनि हालतमा एमसीसी कार्यनयन  गर्न नदिने उद्घाेष गरे । पछिल्लो समय अमेरिकीहरुकै इशारामा एमसिसी कार्यनयन गराउने मौका छोपी धरानमा गाई गोरु काण्ड र प्रदेशको नामको विषयमा जनताको ध्यान केन्द्रीकृत गरेको र जनताले दलालहरुको षड्यन्त्र बुझ्नुपर्ने उनले बताए । विरोध सभामा बाेल्दै उनले सम्पूर्ण जनता एमसिसीकाे विरुद्धमा रहेकाले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न र यसको विरुद्ध हरेक जनताले घरघरबाट हतियार लिएर अमेरिकी साम्राज्यवाद विरुद्व निस्कनुपर्ने बताए ।
 एमसीसी सम्झौता नेपालको हितविपरित भएको भन्दै यसलाई सिधै खारेज गर्नुपर्ने र एमसीसीमार्फत् नेपाली जनतामाथि अमेरिकी बन्दुक लादिन खोजेको भन्दै आवश्यक परे यसका विरुद्ध बलिदान दिन तयार हुनुपर्ने र आफुहरु त्यसका लागि तयार रहेको बताए ।
कार्यक्रममा राष्ट्रघाती एमसिसी सम्झाैता खारेज गर ! , राष्ट्रघाति दलालहरू होसियार, राष्ट्रिय स्वाधीनताकाे रक्षा गराै ! लगायतका नारा लगाईएकाे थियोे । पछिल्लो समय नेकपाले झापा सहित देशभर एमसिसीका विरुद्ध संघर्ष गरिरहेको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार