नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल हल्दीबारी गाउँ कमिटीको अध्यक्षमा सर्वधन तामाङ चयन भएका छन् ।

उक्त संगठनको गत भदौ-१३ गते आयोजित दोस्रो अधिवेशनले सर्वसम्मत नेतृत्व चयनका लागि पार्टीका नेता मोहनचन्द्र रेग्मीको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको थियो । अध्यक्ष लगायत अन्य पदाधिकारीका आकाँक्षीहरुको धेरै जना भए पछि पार्टी नेतृत्वले योग्यता, क्षमता, विगतमा प्राप्त जिम्मेवारीमा प्रदर्शन गरेको कार्यकुसलता समेतको आधारमा नेतृत्व टुँगाएको अध्यक्ष मण्डलका सदस्य नरेश चुडालले जानकारी दिए ।

त्यस्तै गरी, कमिटीको उपाध्यक्षमा तुलसी मिश्र, सचिव चिरन ढुँगेल, सहसचिव सलिना भट्टराई र कोषाध्यक्षमा संजोक राई रहेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार