हल्दिबारी । क्यान्सर रोग लागेर उपचारमा लाखौं रुपैयाँ खर्च गरिसकेका एक ब्यक्तिको परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । क्यान्सर रोग लागेर आफ्नो भएको श्रीसम्पत्ती सकिएपछि झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर १ स्थित फारलाइनका क्यान्सर रोगी ४७ बर्षिय लोकबहादुर रायमाझीको परिवारले सवै समक्ष सहयोगको अपेक्षा गरेको हो ।
बैदेशिक रोजगारीको सिलसिलामा साउदीमा रहँदा तीन बर्षअघि अल्सरको अप्रेशन गरेका लोकबहादुरलाई पेटको क्यान्सर भएपछि हाल भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारत रहेका छन् ।
पेटको समस्या भएर काठमाडौंको टिचिङ अस्पतालमा परिक्षण गराउँदा उनलाई क्यान्सर भएको गत माघमा पत्ता लागेको उनकी बुहारी सीता रायमाझी र मेनुका तामाङ(रायमाझी) ले जानकारी दिए ।
उनको उपचारमा हालसम्म २५ लाखबढी रुपैयाँ खर्च भइसकेको र अव ३० लाखवढी रुपैयाँ भए उनको ज्यान बच्ने उनका भतिज प्रज्वल रायमाझीले बताए । क्यान्सर रोगी लोकबहादुरकी एक १४ बर्षिया छोरी छिन् भने उनकी श्रीमती बिसुमाया राई हाल श्रीमानको उपचार र रेखदेखको लागि दिल्लीस्थित अस्पतालमै रहेकी उनका सालो जसु राईले जानकारी दिए ।
सामान्य परिवारका लोकबहादुरको उपचारमा भएको सवै सम्पत्ती सकिएपछि अहिले थप उपचारका लागि परिवारले झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको गंगामाया नगरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थालाई सहयोगका लागि गुहारेको छ ।
गंगामाया नगरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थाका अध्यक्ष भूपाल बस्नेतले शुक्रवार क्यान्सर रोगी लोकबहादुरको घरमै पत्रकार भेटघाटको आयोजना गरी उनको उपचारमा आर्थिक सहयोग गरिदिन सवैमा आग्रह गरेका छन् ।
अध्यक्ष बस्नेतले आर्थिक संकलनका लागि बिभिन्न ठाउँमा स्थानीय युवाहरुलाई समेटेर समिति गठन गरेर आर्थिक संकलन गरिने बताएका छन् । पत्रकार भेटघाट कार्यक्रममा संस्थाका सह–सचिब कुमार याक्सो, सदस्य झुमा कार्की, स्थानीयलगायतको उपस्थिति रहेको थियो ।
लोकबहादुरलाई सहयोग गर्नेले उनकी श्रीमती बिसुमाया राईको नाममा रहेको सानीमा बैंक काठमाडौं शाखा खाता नम्बर ००९०११०९००००९७९ मा सहयोग गर्न सकिनेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार