झापा  । बिर्तामोडमा एउटा कारलाई ठक्कर दिएर भाग्ने क्रममा बसले ठक्कर दिँदा सात जना घाइते भएका छन् ।बुधवार साँझ साढे ६ बजे बिर्तामोड ५ कल्पतरु ट्रान्सपोर्ट छेउमा पार्किङ गरी राखेको बा १५ च ६४०३ नम्बरको कारलाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३२७१ नम्बरको बसले ठक्कर दिई पूर्वतर्फ भागेको थियो । त्यस क्रममा बिर्तामोड ६ स्थित पूर्व पश्चिम राजमार्गको बुट्टावारिमा विपरीत दिशाबाट आउँदै गरेको मे ५ प ९००२ नम्बरको मोटरसाइकललार्ई ठक्कर दिँदा मोटरसाइकल चालकलाई चोटपटक नलागेको तर मोटरसाइकलमा क्षति भएको छ ।

सोही बस पूर्वतर्फ भाग्ने क्रममा मेचीनगर ११ स्थित कालिझोडा जङ्गलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे ९ प ७०९२ नम्बरको मोटरसाइकल , मे १ ज ८७४ नम्बरको म्याजिक भ्यान , सोही दिशाबाट आइरहेको मे १ ज १९८१ नम्बरको बोलेरो र प्रदेश नम्बर १ –०१–००१ ख ३५३६ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

मादक पदार्थ सेवन गरी बस चालक मेचीनगर –१० ढाट बस्ने ३३ वर्षीय दिनेश कडरियाले सो बस अन्धाधुन्ध चलाएका थिए । दुर्घटनामा मे १ ज ८७४ न।को म्याजिकमा सवार चालक मेचीनगर –७ बस्ने २८ वर्षीय राजु तामाङ सामान्य घाइते भएका छन् । उनको मनकामना अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै अर्जुनधारा ६ बस्ने ३७ वर्षिया कल्पना अधिकारीको टाउकोमा चोट लागेर बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ भने अर्जुनधारा ।५ बस्ने ३५ वर्षिया रुद्रमाया धिमालको टाउकोमा चोट लागेर बिएण्डसी अस्पतालमै उपचार भइरहेको छ ।

त्यस्तै वडा नं ११ बस्ने ४५ वर्षीय देवराज राई , बिर्तामोड ५ बस्ने ४३ वर्षिया विमला भट्टराई , मे ९ प ७०९२ ना को मोटरसाइकलमा सवार चालक इलाम चुलाचुली १ बस्ने ३५ वर्षीय विजय बि.क, पछाडि सवार उनकी श्रीमती २५ वर्षिया प्रमीला बि।क घाइते भई बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सबै घाइतेहरूको अवस्था मध्यम रहेको र बस चालक कडरिया प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।Times Of Pradesh

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार