असोज ७ बिर्तामोड । बालबालिका लक्षित रेडियो कार्यक्रम बालबालिका र शिक्षा झापाको रेडियो मन्त्र बाट पनि प्रसारण हुने भएको छ।
मेचिनगर बाट प्रसारण हुँदै आएको रेडियो मन्त्र १०५.४ मेघाहर्जमा शुक्रबार बेलुकी ७:१५ बजे र शनिबार बिहान ८:१५ बजे प्रसारण हुने रेडियोका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलाले जानकारी दिए।
बालबालिकाका आवाज लाई जनमानसमा पुर्याउन र बाल मनोबैज्ञान लाई सहज रुपमा बुझ्न अभिभावक सम्म उनीहरुको क्षमता देखाउन कार्यक्रम रेडियो बाट प्रसारण गरिएको निरौलाले बताए ।
यस अघि झापाबाट आँगन एफएम ८९.६ मेगाहर्ज,रेडियो बिराट ८८.५ , इलामको रेडियो फिकल ९०.6 मेघाहर्ज , मोरङ्गको रेडियो रिदम ९९.७ ,रेडियो हिम शिखर १०३.३ मेघाहर्ज र पाँचथरको रेडियो मितेरी ९८.२ मेघाहर्जमा बालबालिका लक्षित कार्यक्रम ‘बालबालिका र शिक्षा’ प्रसारण हुँदै आएको थियो ।

मोबाइल र ईन्टरनेटको प्रयोग बाट बालबालिकाको सिकाइमा नकारात्मक असर पर्नुका साथै मनोबैज्ञानिक प्रभाव पनि पर्ने भएकाले रेडियो कार्यक्रम मार्फत बालबालिकामा सकारात्मक सन्देश संचार गर्न खोजिएको हो।
बिगत २ बर्ष देखि प्रसारण हुँदै आएको रेडियो कार्यक्रमले अभिभावक र बालबालिका लाई सकारात्मक सन्देश दिदै आएको कार्यक्रम संयोजक एवम् बालबालिका तथा शिक्षा संचार मञ्च नेपालका संयोजक सरोज पौडेलले जानकारी दिए ।
कार्यक्रमले विद्यार्थीहरुमा चेतनाको बिकास र अपन्त्व महसुस हुने र बालबालिका प्रती सरोकारवाला निकायको ध्यानाकर्षण हुन थालेको छ ।

साप्ताहिक रुपमा प्रसारण हुने कार्यक्रममा शैक्षिक गतिविधिहरु र बालबालिकाका प्रतिभाहरु समेटिनेछ । संचारकर्मी चेतन लामिछाने , सृजन घिमिरे,रेणु मुखियाको आवाजमा उत्पादन हुने कार्यक्रममा बालबालिका र शिक्षकको कुराकानी र गतिविधि समेटेर प्रसारण हुने गरेको छ। बालबालिकाका सकारात्मक सन्देश लाई आम श्रोता समक्ष पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै विषम परिस्थितिको समयलाई कसरी सदुपयोग गर्ने भन्ने बारे पनि सामाग्री प्रस्तुत गरिने जनाईएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका ब्यक्तिहरुको सफलताको कथा उनीहरुकै आवाजमा ‘मेरो कथा’ स्तम्भ मार्फत प्रस्तुत गरिनेछ ।
मञ्चका मेचिनगर संयोजक प्रकाश पौडेलले बालमैत्री समाजको आधार निर्माण गर्न संचार माध्यमको भुमिका महत्त्वपूर्ण रहेकाले कार्यक्रम मार्फत जनचेतना जगाउन रेडियो कार्यक्रमले सहयोग पुर्याएको बताए ।

शिक्षा क्षेत्रका जानकारहरुसँगको बहस समेत समेटेर एक पूर्ण बालबालिका केन्द्रित शैक्षिक कार्यक्रम उत्पादन गरिने कार्यक्रम प्रस्तोता पुस्पा लिम्बुले बताईन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार