काठमाडौं -नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग ९सीपीएल० अन्तर्गत आफ्नो सातौँ खेल आज राति खेल्दै छ । सन्दीपको टोली जमैकाले आज राति पौने आठ बजे ट्रिन्बागो नाइट राइडर्सविरुद्ध सातौँ खेल खेल्ने छ ।

ट्रिन्बागो नाइट राइडर्स उक्त प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ । अहिलेसम्म खेलको ६ खेलबाट १२ अङ्क जोड्दै ट्रिन्बागो तालिकको शीर्ष स्थानमा छ । यसपालि ट्रिन्बागो सिपिएलको उपाधिको सबैभन्दा दाबेदारका रुपमा देखापरेको छ । जारी प्रतियोगितामा सन्दीपको टोली जमैकाको खेल प्रदर्शन मध्यमस्तरको रहेको छ । जमैकाले हालसम्म खेलको ६ खेलमा तीनका जित तथा तीनमा हारका साथ ६ अङ्क जोडेको छ । जमैका अङ्क तालिकाको चौथो स्थानमा छ ।

जमैकाको हालसम्मको खेल प्रदर्शन मध्यम किसिमको रहे पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै आउनुभएको छ । उहाँले हालसम्म खेलेका ६ खेलमा नौ विकेट लिइसक्नुभएको छ । सन्दीपले सेन्ट लुसिया विरुद्धको पहिलो खेलमा एक विकेट लिनुभएको थियो । उक्त खेलमा उहाँले चार ओभरमा २३ रन खर्चिनुभएको थियो ।

यस्तै दोस्रो खेलमा सन्दीपले एक विकेट लिनुभएको थियो । उहाँले ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा ४ ओभरमा ३० रन दिनुभएको थियो । गुयाना अमेजन वारियर्सविरुद्धको तेस्रो खेलमा सन्दीपले दुई विकेट लिनुभयो । उहाँले सो खेलमा चार ओभरमा ८ रन मात्र खर्चिनुभयो । उक्त खेलमा उहाँले हालसम्मकै उत्कृष्ट खेल देखाउनुभएको थियो ।

यसैगरी आफ्नो चौथो खेलमा सन्दीपले एक विकेट लिनुभयो । गुएना अमेजन वारियर्स विरुद्धको खेलमा उहाँले चार ओभरमा मात्र १२ रन खर्चिनुभयो । यस्तै पाँचौ खेलमा उहाँले दुई विकेट लिनुभएको थियो । बर्बाडोस ट्राइडेन्ससितको खेलमा उहाँले ४ ओभरमा १६ रन दिनुभएको थियो । यसैगरी सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सविरुद्धको छैटौँ खेलमा सन्दीपले दुई विकेट लिनुभएको थियो । उक्त खेलमा उहाँले चार ओभरमा २९ रन विपक्षी टोलीलाई दिनुभएको थियो ।

जमैकाले खेलेका हालसम्मका ६ वटै खेलमा सन्दीपले आफ्नो स्थान सुरक्षित राख्नुभएको छ । उहाँले सबै खेलमा किफायती बलिङ गर्दै आउनुभएको छ । विपक्षी टोलीका खेलाडीले उहाँको बलमा खासै रन बनाउन सकेका छैनन् । त्यसैले आजको खेलमा समेत सन्दीपले खेल्न पाउने सम्भावना अत्यधिक रहेको छ । यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उहाँले यसअघि दुई पटक सीपीएल खेलिसक्नुभएको छ ।रासस

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार