बिहानै चार बजे उठ्नु हुन्छ
भुडी हल्लाउँदै महादेव डाडामा पुग्नुहुन्छ
स्वास्वा फ्वाफ्वा गर्नुहुन्छ
आधा बिहान यसै बित्छ
यो त मर्निङ बाकको कुरा भो

बिहान आठ बजे
घर अर्थात लाल बङ्गला फर्केपछि
रामदेवको योग गर्दै
खुट्टा मुखतिर
मुख खुट्टातिर फर्काउनु हुन्छु
त्यसपछि खानुहुन्छ
उसिनेको अण्डा र चना
अनि के जातीको सातु

बिहान नौ बजे पाक्छ
तपाईंको लाल अगेनामा लाल भुजा
आजकाल भुजा मार्सीको छ
रातो रातो पनि छ
कालो कालो पनि छ
क्रान्ति जस्तै फ्युजन छ भुजामा
त्यो भुजा पहेलो चम्चाले झिकेर
मुखसम्म पुर्याउदा
फैलिरहेको देख्छु तपाईंको अनुहारमा हिनता

कमरेड तपाईंलाई सन्चो छैन कि

दिउँसो
तपाईं भेटनुहुनेछ मेडिकल माफियासग
सरकार साथमा रहेको वचन दिनुहुनेछ
मेनपावर दलाल मिलाउदै हात
ब्यबसाय रक्षाको कुरा गर्नुहुनेछ
सेयर बजारको मालिकसग
हुनेछ तपाईंको गोप्य मिटिङ
क्रसर उद्योगीसग कमिसन कुरा नमिल्दा
तपाईंमा बढनेछ रिसको पारो
तपाईं भन्नुहुनेछ
चालीस प्रसेनले भुत्रो हुन्छ

अनि बिरामी झै देखिनुहुनेछ
कमरेड तपाईंलाई सन्चो छैन कि ?

बेलुका पुगेर
रङिन डान्सवार
नुवाकोटकि माइली तामाङको
गोप्य अङ्गमा हात पुर्याउदै
मेटाउनु हुनेछ सारा थकाइ

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार