काठमाडौं । नेपालको अतिक्रमित भूमि समेटेर भारतले आफ्नो नक्सा जारी गरेपछि पोखरामा बसेको दुवै पक्ष सहभागी सीमा सुरक्षा बैठकमा कालापानीको विषय छलफलको सूचीमा परेन ।

नेपालको सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोलीबीच भएको छलफलमा लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयलाई उठाइएन ।

बुधबारबाट सुरु भएको तीन दिने सीमा सुरक्षा बैठकमा सीमा अपराध, दशगजामा संयुक्त गस्ती र सूचना आदन प्रदानको विषयमा छलफल भए पनि ‘हट ईश्यू’को रुपमा रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयलाई नेपाली टोलीले समेत छलफलको विषय नबनाएको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार