भरतपुर । चितवन मेडिकल कलेजको होस्टलबाट पेस्तोल  बरामद भएको छ। चितवन प्रहरीले भरतपुर ५, कैलाशनगरमा रहेको होस्टलबाट पेस्तोल  बरामद गरेको हो।

मेडिकल कलेजको होस्टलबाट पेस्तोल फेला परेपछि यतिबेला होस्टल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन्। प्रहरीले यो विषयमा थप अनुसन्धान गरिरहेको छ। 

होस्टलका सुरक्षा गार्डले शंकास्पद गतिबिधी भइरहेको र पेस्तोल हुनसक्ने आशंका गर्दै प्रहरीलाई खबर गरेका थिए। सुरक्षा गार्डको जानकारीपछि होस्टलमा पुगेको प्रहरी टोलीले पेस्तोल बरामद गरेको चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए।

 मेडिकल कलेजका विद्यार्थीहरु दुई महिनादेखि शुल्कका विषयलाई लिएर अन्दोलनरत छन्। उनीहरुले आइतबार पनि चितवनमा बृहत प्रदर्शनीको तयारी गरेका छन्।

 प्रदर्शनको एक दिन अगाडि विद्यार्थीको होस्टलमा पेस्तोल फेला परेपछि थप शंका उत्पन्न भएको एक प्रहरीले जानकारी दिए।

अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार