हल्दिवारी गाउँपालिका स्थित विभिन्न स्थानमा छठपुजा बिबिध सास्कृतिक कार्यक्रम सहित सम्पन्न सम्पन्न भएको छ । काजली बजार छ्ठपुजा समितिले आयोजना गरेको कार्यक्रमलाई राप्रपाका महामन्त्री एवं झापा क्षेत्र नम्बर ३ का सभासद माननीय राजेन्द्र प्रसाद लिङ्गदेनले उदघाट्न गर्नु भएको थियोे ।

आफ्नो उदघाट्न मन्तव्य राख्दै लिङ्गदेनले आफ्नो धर्म सस्कृतीलाई जोगाउन सबै लाग्नु पर्ने भएकोले आफ्नो मौलिकता लाई जोगाई राख्न युवापुस्ता सचेत हुनुपर्नेमा जोडदिनु भएको छ ।

कार्यक्रमलाई गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन ,वडा न २ अध्यक्ष राजेन्द्र योङ्गहाङले सुभकामना दिनु भएको थियो । सुर्य प्रसाद शाहको सभापतित्वमा भएको कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार