जनपत्रकार संगठनको आयोजनामा नवलपुरको कावासोतिमा मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एव बर्तमान राजनीतिक अवस्था बिषयक अन्तरक्रिया कार्यक्रम चल्दै थियो । कार्यक्रमको सुरुवातमै बिनाबर्दिका आधा दर्जन प्रहरीहरु कार्यक्रम छिरे कार्यक्रमलाई अबरोध गर्ने उद्देश्य रहेपनी फरक राजनीतिक दलका प्रतिनिधिहरु देखि नागरिक समाजका अगुवा र वार एसोसिएसन प्रतिनिधिहरु पनि थिए त्यसकारण हस्तक्षेप गर्ने आट नगरेको प्रहरीले कार्यक्रम सकेपछि भने कार्यक्रम संयोजक लगायत उपस्थितलाई पक्राउ गर्ने तयारी गरेको थियो । रातो प्लेटको निजि गाडी कार्यक्रम स्थलमा लिएर गएका सिभिल प्रहरीले कार्यक्रम नगर्न विभिन्न माध्यमबाट जानकारी गरिरहेको थियो ।
नेपाल पत्रकार महासघका पदाधिकारि सहितको उपस्थितिमा कार्यक्रम सुरु भयो । पत्रकारहरुले बिचार राख्दै गएपछि प्रहरीको उपस्तिथि झन बाक्लियो, अन्ततः प्रहरीले कार्यक्रम स्थल बाहिर गाडी ल्याएर उभ्यायो । यो सबै गतिविधि नियालिरहेका पत्रकारहरुले कार्यक्रम संचालन गरिरहेका पत्रकार शिव डुम्रेलाई बैकल्पिक बाटोबाट बाहिर निकालेपछि प्रहरी भने अकमक्क परे । कार्यक्रम बिथोल्ने नभए समात्ने प्रहरी रणनीति असफल भयो । पत्रकार, मानवअधिकारकर्मी, वार एसोसिएसन, ईन्सेक, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले सरकारको कार्यशैलीले देश गम्भीर खतरामा फस्ने भन्दै जिम्मेवार बन्न सरकारलाई सुझाव दिएका छन् । कार्यक्रममा सहभागी वक्ताहरूले बढ्दो राजनीतिक जटिलता र जनअाक्रोसलाई बेलैमा गम्भीरतापूर्वक नलिए देश नयाँ अवस्थामा प्रवेश गर्ने चेतावनी दिएका हुन । जनपत्रकार संगठन नेपालले अायोजना गरेको कार्यक्रमलाई पटकपटक प्रमुख जिल्ला अधिकारीले कार्यक्रम रोक्न भन्दै चेतावनी दिईरहेका बेला वक्ताहरूले शान्तिपूर्ण रुपमा कार्यक्रम गर्दा समेत रोक्न निर्देशन दिने प्रशाशक प्रति असन्तुष्टि पोखेका थिए । कार्यक्रम हुनु पुर्व प्रशासनले कार्यक्रम रोक्न भन्दै विभिन्न माध्यमबाट चेतावनी दिएको थियो । कार्यक्रम शान्तिपूर्ण ढंगले अायोजना गर्दागर्दै हस्तक्षेप गरेपनि जसरी पनि कार्यक्रम गर्ने अडान संगठनले लिएपछि कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा जताततै व्यापक प्रहरी परिचालन गरिएको र कार्यक्रम स्थगित गर्न भन्दै प्रशासनले ताकेता गरिरहेको थियोे ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले राजनीति विचार संग असहमति राख्दैमा कुनै शक्तिलाई प्रतिबन्ध लगाउने सरकारी कदमको भ्रत्सना गरेका थिए । अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कट्टेलले पछिल्लो समय नेपालमा मानवअधिकार र प्रेस स्वतन्त्रताको देखाउने दात मात्रै भएको टिप्पणी गरेको जिकिर गरेका थिए ,उनले मानवअधिकारको अवस्था कमजोर बन्दै गएको टिप्पणी गर्दै प्रतिकुल परिस्थितिलाई सरकारले गम्भीरता पुर्वक नलिने हो भने देशमा द्वन्दमा जाने उनको तर्क थियो ।
नेता कट्टेलले एउटा कम्युनिस्ट पार्टीको सरकारमा छ अर्को कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाईएको छ यो कस्तो कम्युनिस्ट शासन हो उनलेे प्रश्न समेत गरे, एकअर्को प्रशङ्गमा कट्टेलले माअोबादी जनयुद्ध र झापा विद्रोहबाट अाएका शक्तिहरुले खुला राजनीतिक गतिविधि समेत गर्न नदिनुले निरङ्कुसताको संकेत गरेको बताए । जनयुद्धकालमा जस्तो अहिले कम्युनिस्ट सरकारले र एउटा राजनीति दलका कार्यकर्तालाई भिडन्तका नाममा हत्या गर्नु यो कस्तो लोकतन्त्र हो भन्दै अाक्रोस पोखे । विकास र समृद्धिको बहस चलाउने सरकार भष्ट्रचार र अनियमितता बारे मौन रहेको उनको जिकिर थियो ।
कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले प्रेस स्वतन्त्रता संकटमा फस्दै गएको भन्दै मिडिया जगत गम्भीर बन्नुपर्ने बताए । डुम्रेले शान्तिपूर्ण कार्यक्रम रोक्न प्रशासनले गरेको ज्यादतीको कडा शब्दमा अाक्रोस पोखेका थिए । डुम्रेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षमा बहस चलाउदा राज्यले गिरफ्तार गरे गिरफ्तारी दिन तयार रहेको बताए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दिपक पाण्डेले मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको बिषयमा सरकार गम्भीर बन्नुपर्ने बताए ।
त्यस्तै नेकपा क्रान्तिकारी माअोबादीका नेता उतम थापाले सरकारले न्युनतम कम्युनिस्ट अाचारण भुलेको भन्दै सरकारी रबैयाले पञ्चायतकालको झल्को दिएको टिप्पणी गरे । नेपाल पत्रकार महासंघका प्रदेश कोषाध्यक्ष दिपक भट्टराई, क्रान्तिकारी पत्रकार महासघका महासचिव रामकुमार श्रेष्ठ, फोनिज पत्रकारका प्रदेश उपाध्यक्ष कमला राना, नेपाल पत्रकार महासघका उपाध्यक्ष श्रीराम सिग्देल, प्रेस युनियनका सचिव खगराज सापकोटाले पत्रकारको कार्यक्रममा हस्तक्षेप गरिए महासंघ भोलि देखि सडकमा अाउने चेतावनी दिए। त्यस्तै नेपाल बार एसोसिएसनका पुर्वअध्यक्ष तेजप्रसाद शर्माले संविधानले ग्यारेन्टी गरेको मानवअधिकार, प्रेस र अभिव्यक्ति राख्दा र शान्तिपूर्ण कार्यक्रम गर्दासमेत हस्तक्षेप गर्नु र कार्यक्रम गर्न नदिनु गैरन्यायिक भएको बताए । कार्यक्रममा नागरिक अगुवा डा. माया गिरी, ईन्सेकका तिर्थ डुम्रे, ( नेकपा) नेता केदार पराजुली ,मानवअधिकारकर्मि रमेश शर्मा लगायले बोलेका थिए । कार्यक्रममा पत्रकारहरु,कानुन व्यवसायी,नागरिक समाजका अगुवा,प्रध्यापकहरु लगायतको उपस्थितिमा अायोजना गरिएको हो । कार्यक्रम संगठनका केन्द्रीय सदस्य शिव डुम्रेको अध्यक्षता अनिल नेपालीको सञ्चालनमा सम्पन्न भएको थियोे ।
पछिल्लो समय राजनीतिक विचार र अास्थाका कारण नागरिक एवम् पत्रकारहरु धरपकड र गिरफ्तार बढ्दै गईरहेको बेला पत्रकार संगठनले सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम अायोजना गरेको हो । संगठनले यस अगाडि मेची देखि महाकाली सम्म ४० जिल्लामा उक्त कार्यक्रम सञ्चालन गरेको संगठनले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार