हल्दिवारी गाउँपालिका बिपद व्यवस्थापन समितिको सोमबार बसेको बैठकले फौजी किराको आक्रमणले किसानले लगाएको धानवालीलाई नस्ट पुर्याएकोले निसुल्क रूपमा औसधि उपचार गर्न गाउँ कार्यपालिकालाई आह्वान गरेको छ ।

हल्दिवारी गाउँ पालिकामा किसानको ५ सय बिगाहा भन्दा बढी धान फौजी किसाले नस्ट गरि सकेकोले रोकथाम गर्न बिपद व्यवस्थापन कोषबाट काम गर्न समितिले अनुमोदन समेत गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनु भयो । फौजी किराको व्यवस्थापन गर्न गाउँ पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्ग्देनको संयोजकत्वमा ३ सदस्य समिति गठन गरिएको छ भने प्रत्येक वडामा वडा अध्यक्षको संयोजकत्वमा उपसमिति पनि गठन गरिएको छ।

एक घण्टामा १ सय किलोमीटर भन्दा बढी ओहोरदोहोर गर्ने फौजीको बेलैमा रोकथाम हुन नसके किसानले लगाएको धानबाली झन जोखिममा पर्न सक्ने कृषि बिज्ञहरुको भनाई छ। फौजी किराको लक्ष्यण देखिने बितिकै स्थानीय वडामा खवर गरि औषधि उपचार गर्न सबै हल्दिवारी बासिलाई गाउँ पालिकाले आह्वान समेत गरेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार