हल्दिवारी गाउँपालिकाको आयोजनामा संविधान दिवस शशस्त्र दन्दको क्रममा मृत्यु भएका तथा बेपत्ता भएका परिवारलाई सम्मान गर्दै मनाएको छ। हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्ग्देनको सभापतित्व तथा प्रदेश सभा सदस्य पूर्णसिंह राजवन्सीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहिद तथा बेपत्ता परिवारका नजिकका आफन्त जनहरुलाई नगद ५ हजार सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।

सोहि अवसरमा हिजो सम्पन्न हाजिर जवाफ प्रतियोगितामा प्रथम ,द्दितिय ,तिर्तिय हुने जनजागृति मावी ,हल्दिवारी मावी तथा चिल्ड्रेन एकाडेमिका विद्यार्थीहरुलाई २ हजार ,१५ सय ,१ हजार नगद प्रमाणपत्र सहित प्रत्येकलाई पुरस्कृत गरिएको थियोे । त्यस्तै बाल दिवसको अवसरमा आयोजना गरिएको ” समृद्धि हल्दिवारी निर्माण ” चित्रकला प्रतियोगितामा प्रथम ,द्दितिय हुने क्रमस जनजागृती माविका समीर किस्कु तथा प्रज्वल नेउपाने साथै तिर्तिय हुने हल्दिवारी माविकी इच्छा लिम्बुलाई नगद २ हजार सहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

कार्यक्रमलाई प्रमुख अतिथि प्रदेश सदस्य पूर्णसिंह राजवन्सी ,विशेष अतिथि संविधान सभा सदस्य मोहन टुडु ” सरोज” गाउपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्ग्देन ,गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरि ,सहिद बेपत्ता परिवारको तर्फबाट सहिद टंक प्रसाद नेउपानेका पिता तुलाराम नेउपानेले सम्बोधन गर्नु भएको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले गर्नु भएको थियोे ।

हल्दिवारी गाउँपालिकामा रहेका सहिद तथा बेपत्ता हरुको नामावली यस प्रकार रहेको छ । भरतबाबु पौडेल ,गणेश प्रसाद दाहाल ,पदमलाल राजवन्सी ,देवभक्त दाहाल ,विरेन्द्र कुमार पोख्रेल ,टिकाराम मेचे ,केसवराज कन्दन्वा ,तिलबहादुर मगर ,दीपेन्द्र निरौ्ला ,मैमकुमार मगर ,टंक प्रसाद न्यौपाने ,खड्क मोक्तान ,सुनिल थापा मगर ,हरिराज हेम्विया ,धनबहादुर नेपाल ,रमेश गिरि ,गुणराज मगर लगायत १७ जना सहिदको सुचिमा रहेका छ्न भने चतुरमान राजवन्सी ,राजु मेचे ,चैतन्य मेचे र चुडामणिा चम्लागाई बेपत्ताको सुचिमा रहेको हल्दिवारी गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनु भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार