काठमाडौं, ११ मंसिर । नेपालले साग खेलकुदमा सानदार शुरुवात गरेको छ । महिला भलिबलमा नेपालले बँगालदेशलाई सोझो सिटमा पराजित गरेको हो ।

नेपालले २५९, २५ ९ र २५११ को सेटमा पराजित गरेको हो । नेपालको जितमा स्माइकर प्रतिभा माली नायिका सावित भइन् । सरस्वती चौधरीले पनि उत्कृष्ट प्रदर्शन गरिन् । जीतसँगै नेपाल सेमिफाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । अब नेपालले बिहिबार भारतसँग खेल्नेछ ।

यसैगरी, नेपाली टोलीमा उषा भण्डारी र हिरा केसीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार