स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९) कोरोना नियन्त्रणका लागि खरिद गरिएको स्वास्थ्य उपकरण अनियमितता नभएको दाबी गरेको छ ।

आइतबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले उपकरण खरिदमा कुनै अनियमितता नभएको दाबी गरेका हुन् महानिर्देशक श्रेष्ठले टेण्डर खोलेर सामान खरिदको प्रयास गरेपनि कसैले टेण्डर नहालेपछि अन्तिममा सहमतिका आधारमा सामान खरिद गरिएको पनि बताए ।महानिर्देशक श्रेष्ठले उपकरण खरिदमा केही महंगो परेको स्वीकारे पनि कुनै अनियमतिता नभएको दोहोर्याए । उनले भने , ‘ विश्व बजारमै सामान छैन। औषधि त औषधि हो। जसरी पनि चाहिन्छ। त्यसैले केही महंगो भएको हुनसक्छ । समय प्रभावका कारण यस्तो हुन गएको हो ।’

अलिबाबालगायतकाले सहयोग गरेको सामानको मूल्यभन्दा नेपालले खरिद गरेको सामग्री मूल्य निक्कै उच्च देखिएको छ । उनीहरुकोको मूल्यसूची पनि पहिलाको भन्दा बढी भएको तर्क मन्त्रालयको तर्क छ ।
महानिर्देशक श्रेष्ठ भने, ‘अहिले महंगो भयो, भ्रष्टाचार हुन लाग्यो भनिएको छ । सरकारले किनेको र चीनका संघसस्थाले दिएको मूल्य तुलना केही फरक छैन । अहिले उनीहरुले खरिद गरिएको सामग्रीको मुल्य पनि बढी छ ।’
श्रेष्ठले थपे, ‘सिचुवान प्रान्तले दिएको सामानको बीमा पीपीईको मूल्य १३० आरएमबी भनिएको छ । यो भनेको करिव २ हजार रुपैयाँ पर्छ । हामीले १९१९ रुपैयाँमा सम्झौता गरेको गरेका छौं ।’
संसारभर स्वास्थ्य सामग्रीको अभाव रहेको भन्दै उनले यस्तो बेला सामान्य अवस्थाको मूल्यमा नपाइने उनले बताए । उनले स्वास्थ्य सेवा विभागले खरिद गरेको र खरिद गर्ने सम्पूर्ण सामाग्रीहरुको विवरण वेबसाइटमा राखिने पनि बताए ।

उनका अनुसार पहिलो लटमा खरिद गरिएका सामान र चीन सरकार तथा अन्य दाताबाट सहयोग प्राप्त सामान आइपुगेको छ । नेपाल सरकारले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री आइतबार विहान नेपाल एयरलाइन्सको विमान काठमाडौं ल्याएको थियो ।

जसमा एन ९५ मास्क, पर्सनल प्रोटेक्टिभ इक्युपेमन्ट ९पीपीई० लगायतका उपकरण ल्याएको थियो । प्रदेश १ मा कोरोना परीक्षणका लागि सुनसरीको धरानस्थित वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जिम्मा दिइएको छ ।

यस्तै प्रदेश २को जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशके सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा पनि कोरोना परीक्षणका लागि प्रयोगशाला तयार भइरहेको उनले बताए ।

कोभिड १९ का लागि काठमाडौं उपत्यकामा ९ अस्पताल तोकेको छ। जममा नर्भिक, स्टार वयोद्या, अल्का, ह्याम्स र बी एन्ड बी,न्यूरो, अल्का, सुमेरु हब अस्पताल रहेका छ ।

यस्तै मन्त्रालयले ज्वरोका बिरामी फर्काउने अस्पतालका लागि कडा कदम चाल्ने चेतावनी दिएको छ । आकस्मिक सेवा लिन आएका बिरामीलाई नर्फकाउन र स्वास्थ्य सेवा प्रदान गर्न सबैलाई अपिल गर्दै उनले मन्त्रालयलाई कडा र थप कदम चाल्न बाध्य नबनाउन आग्रह गरे ।

उनले बुटवलमा क्वारेन्टाइनमा बसेकाको मृत्यु भएको सम्बन्धमा नमुना परीक्षणकै क्रममा रहेको बताए । स्वास्थ्य मन्त्रालयले खरिद गरेका र चिनिया दूतावास, सिचुवान प्रान्त,अलिबाबा लगायतबाट अनुदानमा आएका व्यक्तिगत सुरक्षा सामाग्री र प्रयोगशालामा नमुना परीक्षणका लागि प्रयोग हुने सबै सामानलाई आजै वितरण गरिने उनले जानकारी दिए ।

उनले अहिलेसम्म ९ सय १७ वटा नमुना परीक्षण भएको पनि जानकारी दिए । पोजेटिभ आएका चौथो र पाँचौ केसको ट्रेसिङ गर्ने काम भइरहेको तथा कुनै पनि पोजेटिभ केसमा स्वास्थ्य सम्बन्धि जटिलता नदेखिएको उनले बताए । उनले प्रतिघण्टा ३० वटाको दरले ११ १५ र ११ ३३ मा आएका कलहरुको सम्बोधन हुने गरेको बताए ।

मन्त्रालयले हाम्रो स्वास्थ्य नामको एप्लिकेसन सञ्चालनमा ल्याएको छ । यसमा सोधपुछ गर्नुको साथै लक्षण राखेर जोकसैले कोरोना भाइरसको स्वमूल्याँकन गर्न सक्ने तथा, अस्पतालको विवरण, नमुना परीक्षण लगायतको जानकारी प्राप्त गर्न सकिने उनले जानकारी दिए । मन्त्रालयले सञ्चार र समन्वयको विभाग, शंकास्पद विरामीको खोज र टे«सिङ गर्ने गरि विभिन्न ५ वटा टिम बनाएर काम गरिरहेको पनि जानकारी दिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार