हल्दीबारी गाउँपालिकाका प्रवक्ता एवंम् कोरोना भाइरस सम्बन्धि क्वारेन्टाइन संचालन तथा व्यवस्थापन समितिका संयोजक सागर पोर्तेलले विश्वभर तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लकडाउनको पूर्ण रुपमा पालना गर्न साथै भारत लयायत अन्य मुलुकमा वैदेशिक रोजगारी या अन्य कामको सिलसिलामा गई हालसालै फर्किएका हल्दीबारी गाउँपालिका क्षेत्रका व्यक्तिहरुलाई गाउँपालिकाको सम्पर्कमा आई सुरक्षित रुपमा होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

विश्व मानव समाज नोवेल कोरोना भाइरस COVID-19) संक्रमणको डर, त्रास र भयले आक्रान्त भइरहेको सन्दर्भमा नेपालमा पनि संक्रमितहरु फेला पर्न थालेको बताउँदै उनले सबैलाई सचेत, सम्यमित र अनुसासित हुन आग्रह गरेका हुन् ।

हल्दीबारी डक. कम. संग कुरा गर्दै उनले कोरोना भाइरस छिमेकी मुलुक चिनबाट सुरु भई हाल भारतमा महामारीको रुप लिन लागेको र नेपाल यी दुई मुलुकले घेरिएको हुँदा होसियारी नअपनाए नेपालमा कोरोना संक्रमण फैलन सक्ने भएकोले विदेशबाट आएका व्यक्तिहरुलाई समुहमा नबस्न, जथाभावी हिडडुल नगर्न र होम क्वारेन्टाइनको नियम पूर्ण रुपमा पालना गर्न उनले आग्रह गरेका छन् ।

हल्दीबारीमा लकडाउनको उलङ्घन भइरहेको तथा हालसालै विदेशबाट आएका व्यक्तिहरु लापरबाही रुपमा हिडडुल गरिरहेकाले अटेर गर्नेहरुलाई तत्काल नियन्त्रणमा लिई संक्रमित रोग ऐन, २०२० बमोजिम कार्वाहीको प्रकृया अगाडि बढाउने समेत पोर्तेलले जानकारी दिए ।

हल्दीबारी गाउँपालिका कोरोना भाइरस सम्बन्धि क्वारेन्टाइन संचालन तथा व्यवस्थापन समितिको आज चैत-१६ गते बसेको बैठकले कोरोना भाइरस को रोकथाम तथा नियन्त्रण गर्नका लागि नेपाल सरकारले हालसालै विदेशबाट फर्किएका व्यक्तिहरुलाई घरमै सेल्फ/ होम क्वारेन्टाइन या स्थानीय तहको क्वारेन्टाइनमा राखि क्वारेन्टाइनको मापदण्ड बमोजिम परिक्षण गर्नु पर्ने भनी निर्देशन जारी गरे बमोजिम गाउँपालिका क्षेत्रमा गत मिति २०७६ साल चैत ०१ गतेदेखि यता भारत लगायत अन्य मुलुकमा वैदेशिक रोजगारी या अन्य कामको सिलसिलामा गई फर्किएका व्यक्तिहरुलाई मिति २०७६ चैत १८ गते बेलुका ४:००सम्ममा नजिकको जनप्रतिनिधि वा स्वास्थ्यकर्मी वा कर्मचारी वा नजिकको प्रहरी चौकीमा सम्पर्क गरि आफ्नो विवरण टिपोट गराउनका लागि सार्वजनिक सुचना जारी गर्ने साथै जथाभावी गरेको पाइएमा नियन्त्रणमा लिई नियमानुसार गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा ल्याई राखिने तथा संक्रमित रोग ऐन, २०२० बमोजिम कार्वाही गर्ने भनी निर्णय समेत गरेको उनले जानकारी दिएका छन् । हल्दीबारीमा हालसम्म ३९ जना होम क्वारेन्टाइनमा र १ जना क्वारेन्टाइनमा रहेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार