नोवेल कोरोना भाइरस (COVID-19)को संक्रमण रोकथाम तथा नियन्त्रण एवंम् राहत वितरणका लागि झापाको हल्दीबारी गाउँपालिकाले राहत कोष स्थापना गरि जनप्रतिनिधिहरुको १ महिनाको सेवा- सुविधा वापतको रकम कोषमा जम्मा गर्ने भएको छ ।

शुक्रबार गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले सार्वजनिक सुचना जारी गर्दै अति-विपन्न, अशक्त, असहाय, दैनिक ज्यालादारीमा काम गर्ने घरपरिवार र मजदुरहरुलाई लकडाउनको अवधिभर खाद्यान्न लगायतका राहत सामाग्रीहरु एकद्वार प्रणालीबाट वितरणमा समन्वय, एकरुपता र समानता कायम गर्दै सम्भावित कोरोना संक्रमणबाट आइपर्ने विपदको सामुहिक रुपमा सामना गर्न गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन राहत कोष गठन एवंम् संचालन कार्यविधि,२०७६ स्वीकृत गरि राहत कोष स्थापना गरेर सबै जनप्रतिनिधिहरुको १ महिनाको सेवासुविधा वापतको रकम र कर्मचारीहरुको तोकिए बमोजिमको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी गराउँदै गाउँपालिका क्षेत्रका सम्पूर्ण उद्योगी, व्यवसायी, सामुदायिक वन उपभोक्ता समूह, सहकारी, क्लब लगायत संघसंस्था एवंम् देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सहयोगको अपिल गर्दै गाउँपालिकाको तर्फबाट सार्वजनिक सुचना जारी गरेका छन् ।

त्यस्तै गरि, राहत कोषलाई मजबुत बनाउनका लागि गाउँपालिका क्षेत्रका सबै पक्षसंग यस अघि छलफल गरि सहयोगक‍ो अपिल गरेकोमा सबैले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले जानकारी दिए । राहत कोष स्थापना भएसंगै कोषमा सहयोग समेत प्राप्त हुन थालेको छ । कर्णाली साकोसले ९ क्वीन्टल चामल, १ क्वीन्टल २० किलो दाल जिन्सी सहयोग र सिम्रिक बचत तथा ऋण सहकारीले रु ५० हजार नगद राहत कोषमा सहयोग गरेको उपाध्यक्ष गिरीले बताए ।

नेपाल सरकारले दोस्रो चरणको लकडाउन चैत-१९ गतेदेखि चैत-२५ गतेसम्म लागू हुने गरि घोषणा गरेको छ भने सरकार अहिले तेस्रो चरणको लकडाउन घोषणा गर्ने तयारीमा रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि तीनै तहको सरकार आफ्ना सबै स्रोत, साधन र सामर्थ्यको प्रयोग गरी अभियानमा जुटिरहेका छन् । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकोले सो को महामारी फैलिनबाट रोक्न लकडाउन नै सबैभन्दा उपयुक्त विधि रहेकोले त्यसको पूर्ण रुपमा पालना गरौं, आफू बचौं, अरुलाई बचाऊ ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार