धनगढीकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा पहिलोपल्ट कोरोना भाइरस संक्रमणको दोस्रो चरणका बिरामी फेला परेकी छन् । धनगढीमा दुबईबाट दिल्ली हुँदै आएका युवकमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनकै आफन्त महिलालाई शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यसअघि कोरोना भाइरसको संक्रमण भएका सबै केसहरु बाहिरबाट आएका महिला तथा पुरुषहरु थिए ।बाहिरबाट आएको केसलाई पहिलो चरणको संक्रमण मानिन्छ भने उनीहरुले नेपालमा आएर नयाँ बिरामीमा संक्रमण फैलियो भने त्यसलाई दोस्रो चरणको मानिन्छ ।

बाहिर नगएकी महिलालाई पहिलोपटक नेपालमा कोरोना भाइरसको संंक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार कैलालीका दुई र कञ्चनपुरका एकमा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेको हो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार