शनिवार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउनलाई पूर्ण पालना गराउने निर्णय गरेको छ । बैठकले एक प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

बाहिरबाट आउनेमा कोरोना संक्रमण बढेको पाएपछि लकडाउनलाई पूर्ण पालना गर्न सबै निकायलाई निर्देशन दिने सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए ।कैलाली कञ्चनपुर र बाग्लुंगमा नयाँ संक्रमण देखा परेकोले ति क्षेत्रमा संभाब्य ब्यक्तिको परिक्षण गर्ने र शंकामा भएका ब्यक्तिलाई पुन परिक्षण गर्ने योजना रहेको बताए । ति क्षेत्रमा र्यापिड परिक्षण गर्ने उनले बताए ।

मन्त्रीपरिषदको बैठकले स्वास्थ्य कर्मीलाई प्रोत्साहन भक्ताका साथै स्वास्थ्य उपकरणको छिटो उपलब्ध गराउने, बाधा उत्पन्न गर्ने बाधा पुर्याउनेलाइए कारबाही गर्ने, उपचारमा स।लग्न चिकित्सकको सुरक्षा प्रत्याभूति गर्ने निर्णय गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार