यति खेर बर्ग शत्रुले
आफ्ना लुला हातहरु उठाएर
बिस्थापित हाम्रा मनहरुलाई,
अपनत्वको तुलोमा राखेर,
सौदावाजी गर्न मोलतोल गर्दैछन,
अब हामी जनताको ढाल बनौ,
र बर्ग शत्रुको अचानोमा
आगोका फूलहरु संग
पौठेजोरी खेलौ। ।
हाम्रा दर्बिला पाखुराहरु
तिम्रो पसिनाको काँचो गन्ध संगै,
जीवन भोग्न बिवश छन ।
भोक र युध्दको आगो ओकल्ने
आरनबाट
काकाकूल मान्छेहरु
मुक्ति र न्यायको गीत गाउदै,
इस्पाती औजार बनेर उठ ।
उठ,भोकका बिरुध्दमा लडन,
दर्बिलो मुठ्ठीहरु इन्कलावको
नारा संगै ,
आफ्नो गुमेको अधिकार खोस्न,
प्रताडित मान्छेहरु मोर्चामा लड ।
संसार वदल्ने राता मान्छेहरु
आज उत्तेलित छन,
अब लामबध्द भएर
परिवर्तनको आगमनमा जुट,
हेर, सूर्य पनि रातो भएर
उँदाउदो छ,
जीबनका चेतनाहरु रातो छ,
हामीले टेकेको माटोले पनि
पसिनाको मिठो गीत गाउँछ ।
मोरेका हाम्रा जाँगर मात्र होइन,
राता मान्छेहरु हुलका हुल बाँधेर,
उन्मुक्तिको उदघोष गर्दैछन,
जित हाम्रो अटल छ,
राता जीबनलाई संग्रामी सलाम ।
भद्रपुर९झापा०

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार