धरान l पार्टी विभाजित गर्न समाजवादी पार्टीका सांसद तथा पूर्वराज्यमन्त्री सुरेन्द्र यादवलाई नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल र नेकपाका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले अपहरण गरेको विरूद्धमा अपहरण तथा शरिर बन्दक सम्बन्धी जाहेरी लिन प्रहरीले अस्वीकार गरेको छ ।

खनाल र सांसदद्वयले जनकपुरबाट अपहरण गरी सांसद यादव लाई काठमाण्डू ल्याएको भन्दै आइतवार पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराई सहित पार्टीका नेता, कार्यकर्ता काठमाण्डू महानगरीय प्रहरी परिसर पुगेका थिए । परिसरका नवनियुक्त प्रमुख एसएसपी श्याम ज्ञवालीले जाहेरी लिन ठाडै अस्विकार गरेको नेता भट्टराईले सञ्चारकर्मीहरु लाई बताए ।

भट्टराईले भने ‘एसएसपीले जाहेरी दर्ता गर्न ठाडै अस्वीकार गरिदिन ुभयो । उहाँलाई थाहा छ जाहेरी दर्ता गर्नुपर्छ भन्ने तर उहाँलाई माथिबाट आदेश आएको छ, ओलीतन्त्रमा प्रहरीर कर्मचारी सबै डराएका छन् ।’ खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाण्डू ल्याएका थिए ।

पूर्वआइजिपी खनाल र पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले भने यसअघि आफूहरूले यादवलाई अपहरण गरेको नभई उनकै योजना अनुसार काठमाडौं आउन सहजीकरण गरेको गरेको विभिन्न सञ्चार माध्यममा दाबी गरेका छन् । समाजवादी फुटाउने योजना सहित जनकपुरबाट काठमाडौं ल्याइएका सांसद यादवलाई बुधबार राति मेरियट होटलमा राखिएको तर बिहीबार बिहान उनी उक्त होटलबाट फुत्किएको जनता समाजवादी पार्टीले दाबी गर्दै आएको छ

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार