नेताहरूको निरन्तर दौडधुप र अनौपचारिक संवादपछि नेकपा सचिवालय बैठक बुधबार अपराह्न बस्ने तय भएको छ ।
अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको बेग्लाबेग्लै संवादपछि सचिवालय बैठक बोलाइएको हो ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच मंगलबार करिब दुई घन्टा कुराकानी भएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले महासचिव विष्णु पौडेलसहितको शीर्ष नेताको संवादपछि बुधबार साँझ ५ बजेका लागि सचिवालय बैठक तय भएको जानकारी दिए ।

                       अध्यादेश प्रकरणबाट विवाद तन्किँदै जाँदा ओली, प्रचण्ड र नेपाल तीनै समूहका नेता सांसदहरूको भेला गर्नेदेखि हस्ताक्षर अभियान चलाउने तहसम्म पुगेका छन् । प्रधानमन्त्री ओलीले सोमबारबाट बालुवाटारमा सांसदहरूको भेला सुरु गरेपछि प्रचण्ड र नेपालकै जानकारीमा निकट नेताहरू भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र हरिबोल गजुरेलगायत नेताले पनि सांसदहरूलाई संगठित गर्ने तयारी थालेका थिए । तर, त्यस्तो अभियानले पार्टी फुटकै दिशामा जान सक्ने भन्दै मंगलबारको संवादपछि त्यस्तो तयारी रोकेर अन्ततः ओली र प्रचण्ड बैठक बोलाउन सहमत भएका हुन् । नयाँ पत्रिकामा खबर छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार