धरानः विश्व स्वास्थ्य संगठनले बुधबार कोरोना प्रभावित मुलुकले संक्रमण व्यवस्थापनमा सावधानी नअपनाए पुनः लकडाउन दोहा¥याउनु पर्ने चेतावनी दिएको छ । संगठनका प्रमुख टेड्रोस अडानोम गेब्रियससले कोरोना प्रभावित मुलुकलाई ’एकदमै सावधानी पूर्वक र चरणबद्ध रुपमा’ कोरोनाको व्यवस्थापन गर्न सुझाब दिएका छन् ।

गेब्रियससले यसका लागि विश्वका मुलुकहरूले पछ्याउनुपर्ने कदमहरु प्रस्तुत गर्दै निगरानी नियन्त्रण र स्वास्थ्य प्रणालीको तयारी लगायतका सुझावहरु पनि उल्लेख गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ । उनले संगठनको कार्यायल जेनेभामा भनेका छन् ‘यदि लकडाउनपछिको संक्रमणकालिन अवस्थालाई एकदमै ध्यानपूर्वक चरणबद्ध रुपमा व्यवस्थापन नगरे पुनः लकडाउन फर्किनुपर्ने खतरा छ ।’

उनले कोरोना संक्रमणको खतरा अझै रहेकाले स्वभाविक लयमा फर्किन सम्भव नभएको पनि बताए । स्वास्थ्य प्रणाली सुदृढ गर्न लगानी बढाउनुपर्नेमा उनले जोड दिए । गेब्रियससले भनेका छन् ’कोरोना अन्ततः कम हुनेछ तर पहिला जस्तै लयमा फर्किने भन्ने चाँहि हुनेछैन ।’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार