मलेसियामा थप ३४ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै मलेसियामा ५४ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको मलेसियामा रहेको नेपाली दूतावासका जनसम्पर्क अधिकृत टेकबहादुर बुढाले जानकारी दिए।

सङ्क्रमितमध्ये तीन जना निको भएका छन् भने ५१ जनाको उपचार भइरहेको पनि उनले बताए । सङ्क्रमित सबै जना पुरुष रहेका छन् ।मलेसियामा अहिलेसम्म ६ हजार ६५६ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ५ हजार २५ जना निको भएका छन् भने १५ सय २३ जनाको उपचार भइरहेको छ । अहिलेसम्म १०८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

यस्तै मलेसियामा कोरोना सङ्क्रमण रोकथामका लागि जारी गरेको आवागमन नियन्त्रण आदेश(लकडाउन)चार हप्ता थपिएको छ । यसअघि १२ मेसम्म तोकिएको लकडाउनको समय चार हप्ता थप्दै जुन ९ सम्म लम्बाइएको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार