काठमाण्डाै : विश्वब्यापी रुपमा कोरोनाको महामारी फैलिएपछी नेपाल सरकारले गत चैत्र ११ गते देखी लकडाउनको घोषणा गर्‍यो । लकडाउनको घोषणासंगै दैनिक ज्याला मजदुरी गरेर खाने बिपन्न बर्गलाई दैनिक छाक टार्न मुस्किल परेको अवस्थामा त्यस्ता बर्गलाई खाद्य सामग्री तथा खानाको ब्यवस्था गर्नको लागि बिभिन्न संघसंस्थाहरु अग्रसर भए ।

राहत तथा खाना बितरणलाई माध्यम बनाएर आफ्नै प्रचार प्रसार गर्नेहरुको बाक्लो जमात पनि देखियो भने यस्लाई मानवियताकोरुपमा ग्रहण गर्दै मन,वचन र कर्मले लकडाउन पीडितहरुलाई सहयोग गर्दै आएकाहरु पनि देखिए र अझै देखिंदैछन् । यही क्रममा काठमाडौ वडा न १० बुद्दनगरमा अवस्थित तेश्रो आँखा युवा क्लब (Third Eye Youth Club- TEYC)का युवाहरुको एउटा जमात ‘खानाको गाँससंग फोटो नसाट्ने’ अठोटकासाथ अती बिपन्न बर्गलाई दैनिक भोजन उपलब्ध गराउँदै आएका छन् ।

” हामी सस्तो लोकप्रियता चाहँदैनौ ,केवल दुखी गरीबहरुको ओंठमा मुस्कान चाहन्छौं ।” क्लबका अध्यक्ष सुरेश थापा मगरले भने । एक पाकेट खाना थमाएको फोटो फेस बुकमा हालेर मानवियतालाई पब्लिसिटी गर्ने परीपाटी देखीवाक्क लागेको बताउँदै थापाले आफुहरु स्वच्छ मन लिएर लकडाउन पीडित गरिवहरुलाई खाना खुवाउने अभियानमा लागेको बताए ।

ज्याला मजदुरी गरेर बुद्दनगर आसपास बस्ने अती बिपन्न बर्गलाई भोको पेट सुत्न नदिने सामूहिक बाचा गर्दै क्लबका ७० जना सदस्यहरु दैनिक रुपमा खटिरहेको बताउँदै क्लबका संस्थापक अध्यक्ष अनिल थापा ( पुरुषोत्तम) ले भने ” सरकारको मात्रै मुख ताकेर बस्ने संस्कारलाई नकार्दै विपदको यो घडीमा पीडितहरुको सहयोग गर्नमा हात्तेमालो गर्नु हामी सबैको कर्तब्य हो , यही कर्तब्यलाई हामी युवाहरुले मनन् गरेका हौ ।”

२०६३ सालमा स्थापित यस क्लबले विगत ५ बर्षदेखी साप्ताहिक रुपमा संचालन गर्दै आएको सरसफाई अभियान मार्फत स्थानीयवासीको मन जित्दै आईरहेको बताउँदै संस्थापक अध्यक्ष अनिल थापाले बुद्दनगरलाई स्वच्छताको दृष्टिकोणले काठमाडौकै सफा टोलको रुपमा स्थापित गर्ने सोच लिएको बताए ।

कल्याणकारी सोच बोकेर स्थापना भएको आफ्नो संस्थाले लकडाउन अवधीभर बुद्दनगर भित्रका कोही कसैले भोकै बस्नु पर्ने अवस्था आउन नदिन आफुहरु कटिबद्द र प्रतिवद्द भएको बताउँदै यदी कोही कसैलाई छाक टार्न मुस्किल भएमा आफ्नो क्लबलाई संपर्क गर्न आग्रह समेत गरे ।

लकडाउनको नियमलाई पालना गर्दै बानेश्वर स्थित काब्या स्कुलको प्राङ्गणमा ब्यवस्थित रुपमा खाना बितरण गर्दै आईरहेको क्लबले थर्मलगन मार्फत ज्वरो नाप्ने, सानीटाइजरको प्रयोगको लागि प्रोत्सान गर्ने तथा अन्य जनचेतनात्मक सन्देश पनि छर्दै आईरहेको छ । स्वयमसेवकको रुपमा सहयोग गर्न इच्छुक युवा सदस्यहरुको चाप थेग्नै नसक्ने खालको भएको र खाना खुवाउनको लागि आवश्यक सामाग्री प्रदान गर्ने दाताहरुको पनि कुनै कमी नभएको बताउँदै काब्या स्कुलका संस्थापक तथा समाजसेवी दिलिप थापाले भने ” हाम्रो ब्यवस्थापकियपक्ष, सत्कार्य र स्वच्छ भावनालाई मनन् गरेरनै होला, सहयोगी दाताहरुको कुनै कमी छैन । ”

भक्त बि बि हेल्पिङ्ग ह्याण्ड्स फर ह्युम्यानिटीको बिशेष सहयोगमा संचालित खाना खुवाउने अभियानमा काठमाडौ वडा नं १० को कार्यालयसंग समेत समन्वय रहेको क्लबका उपाध्यक्ष बिनय श्रेष्ठले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार