इटहरी: लकडाउन लम्बिदै गएको छ । यसविच सार्वजनिक विकास निर्माणका कार्य सुरक्षीत उपाय अपनाएर कतिपय ठाउँमा चलिरहेका छन् । आम सरोकारवाला सकृय नभएको यस्तै बेला अधिकांश सामाजिक, सांस्कृतिक सार्वजनिक पारम्परिक महत्वका स्थलहरुको अतिक्रमण हुने सम्भावना पनि बढ्ने गर्दछ ।

ओझेलमा पर्दै आएको तराईका आदिवासी थारु आदिबासी समुदायका प्राचीन कालदेखीको सामाजिक, सांस्कृतिक तथा धार्मिक महत्वका ग्रामथान बारे यसबेला चिन्ता बढ्नु अस्वभाविक हुन्न । थारु समुदायको प्रत्येक गाउमा रहेको सास्कृतीक ग्रामथानहरु बदलिँदो समय अनुसार परीमार्जन गर्न नसक्दा औझेलमा पर्दै आएका छन् । पिता पुर्खाको स्मरण र गाउँ समाजमा विधि बिधान र सामुहिक समस्या आइ पर्दा सबै एक भइ काम गर्न थान स्थापना गर्ने परम्परा थारु समुदायमा रहेकोे मानिन्छ ।

मुलुकमा राना शासन , पन्चायत, प्रजातन्त्र पछि लोकतन्त्र स्थापना भएको छ । देशमा समय अनुसार जनताको बलिदानले ब्यबस्था परीबर्तन हुँदै आएको छ । तर ग्रामथानको कुरा गर्दा समय अनुसार परीबर्नन गर्न नसक्दा धेरै ठाउमा ग्राम थानको जग्गा अतिक्रमणमा परेको छ । थानमा प्रायः एउटे ब्यक्तिले सन्चालन गरेको पाइन्छ । केही ग्रामथानमा अगुवाले थानको पुजारी तीन पुस्ता देखि गर्दै आएको पाइन्छ । शुरुमा ग्रामथान थारु समुदायको प्रथा जनित कानुनको रुपमा रहेको जानकारहरु बताउँछ्न ।

अहिले यो ब्यबस्था हराइसकेको अबस्था छ । केही ठाउमा ग्रामथान बाट समाजमा लोकतन्त्री प्रकृया बाट प्रथाजनित कानुको अभ्यास अहिले पनि हुँदै आएको पाइन्छ । पहिले बर्षमा एक पटक माघ १ गते गाउँमा सामुहिक भेला भइ विभिन्न क्षेत्रका अगुवा ब्यक्तिको छनौट गर्ने गरीन्थ्यो । गाउँमा बिकासको समेत समिक्षा हुने गर्दथ्यो । र सामुहिक बिकासका लागि छलफल हुने गर्दथ्यो । अहिले यो परम्परा हराइसकेको छ । प्रथा जनित कानुनमा आन्तरिक लोकतन्त्र स्थापना नहुँदा समाज पछि पर्नेमा दुई मत छैन । लोकतन्त्र प्रत्येक नागरीक र समुदायले अनुभुती गर्न पाउनु पर्छ । अनि मात्र बिकासको अनुभुती सबैले गर्न पाउछन् ।

थारु समुदायको पहिले र अहिलेको अबस्था जो कोहीले सजिलै अनुमान गर्न सक्छन् । थारु जाती जमिनदार सयौ बिगाहा जग्गाको मालिक थिए अहिले यिनीहरू जग्गा देखि टाढा हुँदै गइ रहेका छन् । ग्रामथानको नाममा यी समुदायले विघका विघा जग्गा संरक्षण गरेका थिए । तर अहिले भने ग्राथानको जग्गा खुम्चिदै गइरहेको छ । सुनसरी जिल्लाको तीन ठाउँ इटहरी टेग्रा टोलि, रामधुनी वडा ३ मा परीयारपुर र रामधुनीकै ४ इक्राही गाउँमा रहेको ग्रामथान अतीक्रमणमा परेकाले स्थानीयबासी संरक्षणका लागि जुटेको छ ।

स्थानीयले समिती निर्माण गरि सामुहिक रुपमा संरक्षणमा लागेका हुन् । इटहरीमा ग्रामथान दर्ता गर्न थारु समुदाय लागेका छन् । उक्त ठाउँमा समस्या पर्दा स्थानीय सबै एकजुट भएको देखिन्छ । तर अन्य ग्राथानका पदाधिकारीहरुले सहयोग गरेको पाइदैन । अन्य ठाउमा ग्रामथान रहेपनि ब्यक्ति हाबी रहेको पाइन्छ । शासन ब्यक्तिको होइन, बिधिको हुनु पर्छ । यो सर्वब्यापी मान्यता अनुसार स्थानीय समुदाय सकृया नहुदा ग्रामथानको परम्परागत अस्तित्व समेत संकटमा परेको छ ।

एकातिर गाउँका अगुवा ब्यक्तिको ग्रामथान संरक्षणमा महत्वपूर्ण योगदान रहदै आएको छ । अर्कोतिर परीवर्तनशिल समाजमा जो कोही एकले केही गर्न नसक्ने यथार्थ लाई स्विकार नगरेमा ग्रामथानको संरक्षण दिर्घकालिन भने हुन सक्दैन् । कुनै पनि ब्यक्तिको बिचार राम्रो र नराम्रो दुई वटै हुन सक्छ । राम्रो भावना भएको ब्यक्तिले राम्रो काम गर्छ तर खराब बिचार भएको ब्यक्तिले राम्रो काम गर्छ भन्ने सोच्नु गलत हुनेछ । नेपालमा कुनै पनि धार्मिक स्थान, मठ, मन्दीरको बिकास गर्न कानुन सम्म्त दर्ता प्रक्रिया छ । त्यस्ले संस्थागत रुपमा समिती मार्फत संरक्षण गर्ने कानुनी व्यवस्था गरेको छ । त्यसै अनुसार अधिकांश सामाजिक, सांस्कृतिक, धार्मिक स्थलहरुको संरक्षण हुँदै आएको छ । तर ग्राम थान संरक्षणमा पुस्तौ सम्म एउटे ब्यक्तिले प्रमुख जिम्मेवारी निर्वाह गर्दै आएको पाइन्छ ।

स्थानीय गाउँमा प्रत्येक सामुहिक काममा अगुवाको महत्वपूर्ण भुमिका हुन्छ । एक जना अगुवा राम्रो रहँदै आएको अवस्थामा एकाएक तानाशाह भयो भने उसले के गर्छ सहजै अनुमान गर्न सकिन्छ । प्रायः चुनावको बेलामा अगुवा लाई राजनिती दलले प्रभावमा ल्याउने गरेको समेत पाइन्छ । यस्ता अगुवाको बिरोध गर्ने कोही हुदैनन् । अदृश्य रुपमा अगुवा तानाशाह जस्तै बन्ने गरेको छ । शुरु देखिनै ग्रामथानको क्षेत्रमा प्रायः विभिन्न ठाउमा संरक्षित एलानी जग्गा, पोखरी, खाली चौर अन्य संघ सस्थाले आफ्नो नाममा गरीसकेको पाइन्छ ।

ग्रामथान लाई कानुनी प्रक्रियामा अहिलेसम्म प्रवेश गराएको समेत पाइदैन । पछिल्लो समयमा केही ठाउमा थान नम्बरी जग्गामा रहेता पनि प्रायः एलानी जग्गामा ग्रामथान रहेको छ । आदिवासी थारु समुदायले स्थापित गरेको ग्रामथानमा पुजा गर्दा त्यहा बसोबास रहेको अन्य समुदाय बाट े समेत सहयोग गरेको पाइन्छ । केही ठाउमा ग्रामथान संरक्षनका लागि गठित समितीमा स्थानीय अन्य समुदायको ब्यक्तिको समेत सहभागीता रहेको पाइन्छ । यो सबैको लागि भाइचारा र सकारात्मक पक्ष हो । ग्रामथानको नाममा संरक्षित जग्गा स्थानीयले व्यावसायिकीकरन गर्न नसक्दा थान ओझेलमा पर्दै गएको हो । यसै कारण पनि अतिक्रण बढेको पाइन्छ ।

अहिले पनि सुनसरीमा केही ग्राथानको संरक्षित जग्गा छ । ती जग्गा उपयोग बिहिन अबस्थामा छ । खाली देखेर अन्य सस्थाहरुको नाममा त्यस्तो जग्गा उपयोग र अतिक्रमण समेत बढेको छ । यस्तो अवस्थामा थारु समुदायले आफ्नो इतिहास अन्तर्निहित रहेको ग्रामथानको जग्गा संरक्षणमा गम्भिर भएर जुटनु जरुरी भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार