धिरेन्द्र कुमार चौधरी/ लकडाउनको समयमा कोरोना संक्रमण बाट जोगिदै घरैमा बसेर आफुले जानेको शिपकलाको प्रयोगमा समय विताउनेहरु अहिले उदाहरणीय बनेका छन् । त्यस्ता महिलाहरुमा इटहरी वडा ५ पचरुखीकी जीवन कुमारी चौधरी पनि हुन् । उनी लकडाउनको पालना गरी घरैमा बसेर कला सिर्जनामा मात्र लागेकी छैनन्, आदिवासी थारु समुदायको मौलिक कला, सस्कृती लाई जगेर्ना गर्दै त्यस्को संरक्षणका लागि युवा पुस्तामा उत्प्रेरणा बढाउने काममा योगदान पनि पु¥याउँदै आएकी छन् ।

थारु समुदायमा सभ्य समाजको प्रतीक मानिने घरको भितामा सजाउने उनले बनाएको कोहवरले अन्य समुदाय लाई पनि आकर्षित गर्दछ । जल, जमिन र जङ्गल लाई आफ्नौ पुख्यौली सम्पती मान्न थारु समुदायको पहिचानको रुपमा यस्लाई लिइने गरिन्छ । कोहवर बनाउने थारु समुदायका महिलाले घरको भिता सजाउन बनाउने कोहवरले समुदायको परम्परागत सस्कृतिको संरक्षण गर्दै आएको छ । थारु समुदायले नयाँ बर्ष बैशाख, शुभ कार्यको अबसरमा घरको भिता रंगिन बनाउने चलन छ ।

शुभ बिबाहमा घरको भितामा कोहबर बनाउनु परम्परागत रुपमा अनिवार्य मानिन्छ । थारु महिलाहरुका अनुसार सुर्य र चन्द्रमा अंकित कोहबर बनाउने चलन बढी छ । बिबाहमा घरको भितामा दुल्हा र दुलहीको घरमा कोहबर बनाउने चलन अनुसार दुल्हाको घरमा चन्द्र र सुर्य अंकित कोहबरमा बाँस बासीको चित्र बनाइन्छ । चित्र बाट सफल दाम्पत्त्य जिवनको कामना प्रकट गरिएको मानिन्छ । पछिल्लो समय शहरीकरणले थारु समुदाय विचत यो हस्तकला हराउँदै गएको छ । जीवन कुमारी भन्छिन् ‘हराउँदै गएको थारु जातिको कला र सस्कृतीलाइ जगेर्ना गर्न आफुले जानेको शिप लकडाउनको बेला उपयोग गरेकी हुँ ।’

उनको घरमा बनाइएको थारु समुदायको हस्तकला निकै आकर्षक छ । उनको सिर्जजनशीलताले घर नै थारु कलाको संग्राहलय जस्तै बनेको छ । घरको भितामा कोहबर, छतमा झुन्डिएको सजाबटको सामग्री र घरेलु शिप बाट तयार चटाइ गुन्द्री उनको घरमा देख्न पाइन्छ । उनि भन्छिन ‘थारु जातिको कला सस्कृती जगेर्ना गर्न यो शिप बारे युवा पुस्तामा चासो बढाउन जरुरी छ ।’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार