कमला भट्टराई- झापा/ कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै व्यक्ति मृत्यु हुने देशको सूचीमा ब्राजिल दोस्रो स्थानमा पुगेको छ । बेलायतलाई उछिन्दै ब्राजिल दुई नम्बरमा पुगेको बीबीसीले जनाएको छ । पहिलो नम्बरमा अमेरिका छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म त्यहाँ ४१ हजार ८२८ संक्रमितको ज्यान गइसकेको छ । बेलायतमा ४१ हजार ५६६ संक्रमितको ज्यान गएको बीबीसीले जनाएको छ । यता विश्व स्वास्थ्य संगठका अनुसार भने यी दुबै देशमा मृत्यु हुने संक्रमितको संख्या यो भन्दा केही कम छ ।

बीबीसीका अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा २५ हजार ९८२ संक्रमित थपिएका छन् र अब कुल संक्रमित संख्या ८ लाख २८ हजार ८१० पुगेको छ । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले कोरोना भाइरसलाई समान्य फ्लू भन्दै आएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार