भद्रपुर/ नेपालमा मनसुनी वर्षा शुरु हुन थालेको छ । काठमाण्डू स्थित मौसम पूर्वानुमान महाशाखाले शनिवार देखी पूर्वबाट नेपालमा मनसुनी वायु प्रवेश गरेको जनाएको हो । महाशाखाकी मौसमविद विभूतिका अनुसार मनसुनी वायुको प्रभावले पूर्वी नेपालमा वर्षा हुन थालेको छ ।

सामान्यतया नेपालमा जुन १० मा मनसुनी प्रणाली प्रवेश गर्ने भएकामा यसपालि २ दिन ढिला भएपनि पोहोर भन्दा छिटो मनसुन प्रवेश भएको उनले बताइन् । मनसुनी वायु देशभर फैलिन केही दिन लाग्छ । नेपाल सहित दक्षिण एशियाली मुलुकहरुका लागि मुनसुनले कृषि अर्थतन्त्रमा निर्णायक भूमिका खेल्दै आएको छ । नेपाली अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करिब २७ प्रतिशत छ ।

त्यसैले नेपाली अर्थतन्त्रको वृद्धिदर धेरै हदसम्म मनसुनले नै निर्धारण गर्छ । मनसुन समयमै आए बालीनाली सप्रिन्छ । खाद्यान्न उत्पादन बढ्छ । देशको कुल ग्राहस्थ उत्पादन बढाउँछ । मनसुनले जलविद्युत उत्पादन बढाउने पनि महत्वपूर्ण भएकाले औद्योगीक उर्जाका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।

नेपालमा मनसुन बंगालको खाडीबाट आउँने भनिएतापनि बंगालको खाडी आइपुग्नुअघि मनसुनले हजारौं किलोमिटर यात्रा पार गरको हुन्छ । भूमध्यरेखामा पर्ने पूर्वीअफ्रिकी मुलुक सोमालियाबाट सुरू हुन्ने मनसुन नेपाल आइपुग्न मनसुनलाई झन्डै दुई साता लाग्छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार