काेराेना

काठमाडौं । नेपालमा आइतबार ४ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर ४ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नयाँ थपिनेहरुमा ३७५ पुरुष र ५० महिला रहेका छन् । देशभर हालसम्म कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । जसमा ५ हजार ३२४ पुरुष र ७३६ महिला रहेको मन्त्रालयका नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा।जागेश्वर गौतमले बताए ।

नेपालमा रुकुम पूर्व थप भई ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । कोरोना संक्रमणबाट गुल्मी धुर्कोटका एक पुरुषको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण देशभर मृत्यु हुनेको संख्या १९ पुगेको छ ।देशभरका विभिन्‍न अस्पतालमा उपचारपछि ९ सय ७७ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ६१ जनाको उपचारपछि डिस्चार्ज भएका छन् । जसमा ६ महिला र ५५ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको आशंकामा ६ हजार ८९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ । हालसम्म १ लाख ३३ हजार ३७७ जनामा पीसीआर परीक्षण गरिएको छ भने २ लाख १० हजार ७२१ जनामा आरडीटी परीक्षण गरिएको छ ।

हेर्नुहोस् आइतबार कहाँ कति थपिए र ?

मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २५ जना पुरुष, सुनसरीका १ जना पुरुष र झापाका १ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका १० जनामा कोरोना संक्रमण देखिएको छ । जसमा एक महिला र ९ पुरुष रहेका छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा पर्साका ३ जना महिला १४ जना पुरुष ,बाराका ९ जना पुरुष,सलार्हीका १ जना पुरुष र रौतहटका ७ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा नवलपरासी पुर्वका २ जना पुरुषमा कोरोना सक्रमण देखिएको छ ।

सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङ् २ महिला ३ पुरुष, डडेलधुराका ३ महिला २२ पुरुष,डोटीका एक महिला २ पुरुष,कैलालीका १ महिला ११ जना पुरुष, कञ्चनपुरका ३ महिला र १७ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा बर्दियाका एक महिला र २ पुरुष,बाँकेका ३ पुरुष र रुकुमपश्चिमका एक पुरुष गरी ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ५६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा प्युठानमा २ पुरुष,दाङ्का १३ महिला र ४१ जना पुरुष रहेका छन् ।प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा रौतहटका १ महिला १६ जना पुरुष र धनुषाका १ महिलामा कोरोना पोजेटिभ देखिएको छ ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रामेछापका २ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका एक महिला ७ जना पुरुष,नवलपरासी पश्चिमका २ पुरुष,रुपन्देहीका २ महिला र १८ पुरुष,पाल्पाका एक महिला र १६ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका ६ महिला र ३४ पुरुष,दैलेखका ४ महिला र २५ पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।जसमा रौतहटका एक पुरुष र सिन्धुलीका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा धादिङका ६ महिला र १९ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६२ जनामा कोरोना संक्रमण देखिएकोरौतहटका २ महिला ४९ पुरुष,रुपन्देहीका ६ पुरुष र सलार्हीका ५ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार