भद्रपुर । लकडाउनको मौका छोपी झापाका वन जंगलमा काठ तस्करी मौलाएको छ । जिल्ला प्रहरी कार्यालय झापाले अवैध काठसहित एक जना चालकलाई नियन्त्रणमा लिएपछि यस्तो घटना बाहिर आएको हो । प्रहरीले विशेष सूचनाको आधारमा आइतबार विहान भद्रपुर नगरपालिका( ३ स्थित ज्ञानेचोकबाट ४७।४४ क्यु फिट अवैध काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले भद्रपुर २ बस्ने २२ वर्षीय चालक प्रकाश विकलाई नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । उनका अनुसार सिसौ जातको १८ थान टुना र मे १ त २७०४ नम्बर ट्याक्टर नियन्त्रण लिइएको बताए। अवैध काठ, ट्याक्टर र चालकलाई आवश्यक कारवाहीका लागि डिभीजन वन कार्यालय झापा बुझाइसकेको उनले बताए । साभार:  टाइम्स अफ प्रदेश

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार