काठमाण्डौं , साउन ८ ।‘ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२०’ को दशौं संकरणको आवेदन फारम खुल्ला गरिएको छ । आयोजक सिजन मिडियाले आज एक प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको हो ।

विज्ञप्तिमा भनिएको छ – विगत ४ महिना देखि विश्वमहामारिको रुपमा देखा परेको कोरोना महामारी रोगका कारण नेपाल सरकारले गरेको लकडाउनका कारण कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुले एसइइको परिक्षा दिन नपाएका कारण र हामीले विगत १० वर्ष देखि निरन्तर रुपमा गर्दै आएको एसएलसी प्रिन्सेज नामक सौन्लय प्रतियोगीता यस वर्ष देखि एसइई प्रिन्सेजको नाममा गर्ने तयारी पूर्ण भए पस्चात कोरोना महामारीका कारण ४ महिना वन्दको वावजुद हाल नेपाल सरकारले लकडाउन केही खुकुलो पार्ने निर्णय अनुुसार त्यसलाई मध्यनजर राखी स्थगित गरीएको ( ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२० ) नामक कार्यक्रमको आवेदन फारम फेरी खुल्ला गरीएको जानकारी प्रेस कार्यक्रमको लागि व्राण्ड प्रायोजकमा हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज रहेको छ भने मुख्य प्रायोजकमा नामि कलेज रहेको छ । साथै अन्य कलेजहरुमा क्याम्पीयन एकाडमी, साउथवोइस्टन स्टेट कलेज ,रेडन कलेज आदीको सहयोग रहेने छ ।

साथै उक्त कार्यक्रम कोरोना रोग संग सुरक्षित रहेर प्रतियोगीतामा तालिम प्रदान गरिनेछ भने सम्पूर्ण प्रतियोगीहरुको कोरोना विमा समेत गरिने छ । यस प्रतियोगितामा यसै वर्ष कक्षा दशको परिक्षा दिएर वसेका छात्राहरुको सहभागिता रहनेछ । उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर , नेतृत्वदायी क्षमताको विकास साथै उच्च शिक्षाको मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले साथै यसले उनीहरुको उच्च शिक्षा अध्ययन र मोडलिङ तथा मनोरन्जनात्मक क्षेत्रममा सहयोग पु¥याउने र उज्ज्वल भविष्यको निर्माणमा सहयोग पु¥याउने उदेश्यले यो कार्यक्रमको निरन्तरता दिन लागिएकोे हो । प्रतियागिताको आवेदन फारम २०७७ भाद्र १३ गते सम्म सिजन मिडियाको कार्यालय कमलदीमा उपस्थित भइ आवेदन फारम भर्न सक्नु हुनेछ । काठमाडौ तथा उपत्यका वाहिर जिल्लामा रहेका विभिन्न स्कुलहरुवाट एसईइ परिक्षा दिएका छात्राहरुले आवेदन फारम भर्न सक्नु हुने छ । उक्त प्रतियोगीतामा जम्मा २५ जना प्रतियोगीहरु छनौट गरीने छ ।

उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई २०७७ साल भाद्र १५ गते आइतवार वाट ३१ दिन सम्मकोे प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा मोडलिङ र्‍याम्प सो ,शारारिक फिटनेश ,फोटो सेसन, कलेज भ्रमण, टेवल म्यानर, फोटोग्राफी शिक्षा सासेसल मिडिया प्रयोग कसरी गर्ने लगायत विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल, नारकोनन नेपाल,वाल आश्रम, वृद्धा आश्रम आदि मिडिया सम्वन्धी जानकारी, कल्चरल भिजीट, पनि गराइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ ।

२०७७ साल असोजको द्रोस्रो साता उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा हुनेछ । प्रतियोगिताका विजेताले “ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२०, को ताज उपाधि सहित उच्च शिक्षामा २ लाख वरावरको छात्रावृत्ति ल्यापटप ,मोवाइलफोन,म्यूजिक भिडिया खेल्ने अवसर, साथै अन्य गिफ्टहयाम्पर पाउने छिन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः उच्च शिक्षामा २ लाख वरावरको छात्रावृत्ति साथै विभिन्न उपहारहरु पाउनेछन र त्यसैगरि मोडलिङ करियरमा प्रवेश गर्नेहरुको लागि पनि सहयोग गरिने छ भने यस बाहेक अन्य विभिन्न २१ विधामा पनि विजेता छनौट गरिने बताएको छ ।
सहभागी हुनका लागि सिजन मिडिया कमलादी
सम्पर्कः–०१४२३८४०१ ९८५१०४४८३५ । मा संपर्क गर्न सकिने प्रबन्ध निर्देशक प्रदिप राज वन्त ले जानकारी दिनुभयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार