देवेन्द्रकिशोर ढुंगाना बिर्तामोड । लकडाउन बीचमा झापा, मोरंग र सुनसरीका उराँव समुदायले करम पर्व मनाएका छन् । भाद्र पूर्णिमाका दिन मनाउने चाड करम पूजा सुनसरीसहित नेपालभरि एउटै दिनमा मनाएको छ ।
यसै क्रममाउराँव समुदायको बाहुल्य रहेको जिल्ला सुनसरीको इनरुवामा शान्तिको प्रतिक परेवा उडाएर करम पूजा मनाएको छ । त्यसैगरी जिल्ला सदरमुकाम इनरुवासहित जिल्लाका १२ वटै स्थानीय तहका उराँवहरुले करमको हाँगा र बोटको पूजापाठ गरेर मनाउने चलनअनुसार नै बुधबार गाउँगाउँमा मनाएका छन ।
जिल्लाभरीका उराँव समुदायले आफ्नो महान चाड करम पूजाको अवसरमा पूजापाठसहित जमरा लगाएर शुभकामना साटासाट समेत गरेका छन् । प्रत्येक वर्षको भाद्र पूर्णिमामा मनाइने करम पूजाको शुभारम्भ भदौ १० गतेबाट गरिएको र बुधबार पूजा गरेर बिहीबार सम्पन्न गर्ने प्रतिष्ठानका रामलाल उराँवले बताए ।
कोरोना कहर भएकोले नेपाल उराँव आदिवासि जनजाति प्रतिष्ठानको भवनमा जवा (जमरा) राखेर भाद्र पूर्णिमाका दिन साँझ विधीपूर्वक पूजा सुरु गरी अर्को बिहान पूजाआजा गरी सम्पन्न गर्ने वीधि भएपनि कोराना कहरका कारण औपचारिक तथा अन्य ठूला कार्यक्रम नगरी पूजा सम्पन्न भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले सामाजिक दुरी कायम गरेर र स्वास्थ्य सुरक्षा बीधि अपनाएर करम पूजा गरेको जनाएको छ । नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठानका अध्यक्ष बेचन उराँवका अनुसार करम पूजा गर्नाले चिताएको पुग्ने, परिवारमा शुख शान्ति मिल्ने, श्रीवृद्धि र अकाल मृत्यु टर्छ भन्ने जनविश्वास रहेको छ ।
पूजामा उराँव समुदायले करमको हाँगा वा रुखमा करम देवताको पूजा गर्ने प्रचलन छ । उनीहरुले पूजाका लागि एक हप्ता अघिदेखि नै जमरा राख्ने संस्कार र परम्पराअनुसार जमरा राखेका थिए । दशैंमा जमरा राखे जस्तै करम पूजाका लागि युवा युवतीहरु सामूहिक ब्रत बसेर जमरा राख्ने परम्परा रहेको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार