कोभिड –१९ कोरोना संक्रमणको बढ्दो संक्रमणको समाचार अग्रपंक्तिमा रही संकलन गर्ने सञ्चारकर्मीहरु नै संक्रमित भैरहेका छन् ।

म अाफु पत्रकार संक्रमित मोरङको सुन्दरहरेचा ८ स्थितरहेको क्वारेन्टाइन अासुलेसन ११ दिनको आसुलेसनको बसाई पश्चात कोरोना मुक्त भएर गृह जिल्ला सुनसरीको दुहबी फर्किएको छु ।

म सङ्क्रमित भएदेखि नै मरो स्वास्थ्य अवस्थाको बिषयमा चासो र चिन्ता लिएर मेरो हौसला बढाउन लागिपर्नुहुने प्रदेश सरकारका माननिय मन्त्री तथा सासंद ज्यूहरु, नागरिक समाजका अगुवा, नेपाल पत्रकार महासंघ ,प्रदेश तथा जिल्ला शाखाका सम्पूर्ण पदाधिकारी प्रेस युनियन सुनसरी , एवं अग्रज/सहकर्मी पत्रकार साथीहरु, जनप्रतिनिधिहरु, अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीहरु र समाजिक संजाल फेशबुक ,इमो,वाटसप,टिकटक,भाइबरको सुभचिन्तकहरु, दुहबी वडा ६ का अध्यक्ष सहितको सदस्य ज्युहरु,बिभिन्न संघठनका अध्यक्ष पधिकारीहरु,अाफ्नतजनहरु सबैमा हार्दिक आभार व्यक्त गर्दछु । यहाँहरुको माया, हौसला र आर्शिबाद्ले कोरोनालाई सहज रुपमा जित्न सफल भएको छु ।

जनतालाई सहि सुचना दिनका लागी आफु सर्तक र सुरक्षित भएर रिपोर्टिङ गर्दैछु भन्ने लागेपनि संक्रमित हुन पुग्नु मेरो लागी दुर्भाग्य रह्यो । यसबाट आगामी दिनमा थप सर्तक र सुरक्षित बन्न प्रेरणा मिलेको छ । म पूर्ण रुपमा निको भएर आएपनि समाजमा म देखिको त्रास हटाउन र अरुबाट आफु पूनः संक्रमित हुनबाट जोगिन १४ दिन होम क्वारेन्टाईमा बसेर मात्रै आफ्नो काममा फर्किने निर्णय लिएको छु ।

अन्तमा, कोरोनाबाट कोही पनि नडराऔं, नअत्तालिऔं । सुरतक्षित र सर्तक बन्ने कोशिस गरौं । सबैको जय होस् । धन्यबाद् ।,

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार