बनियानी – नेपालकै होचो भुभागमा रहेको कचलकवल गाउँपालिकामा ५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस सम्पन्न भएको छ । कचलकवल गाउँपालिकाका अध्यक्ष तथा गाउँशिक्षा समितिका अध्यक्ष अन्जार आलमको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष आलमले कचलकवलमा शिक्षामा ठुलो लगानी गरेको भन्दै साक्षरता अभियानमाले बहुसंख्यक गरिब जनताका छोराछोरीलाई फाइदा हुने भन्दै सबैलाई सहयोग गर्न आह्वान समेत गर्नु भएको छ।

शिक्षा शाखाले भदौ २१ गते देखि संचालन गरेको अनलाइन हाजिर जवाफ प्रतियोगिता मावी स्तरीय ,लेखन प्रतियोगिता आवि स्तरीय तथा चित्रकला प्रतियोगिता प्रावी स्थानीयमा प्रथम ,दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई उक्त अवसरमा मेडल तथा पुरस्कार बितरण गरिएको थियोे ।

” Literacy teaching and learning in the COVID -१९ Crisis and beyond ” नाराका साथ मनाईएको दिवसमा गाउँ पालिका उपाध्यक्ष निमसरी राजवन्सी ,प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत ,वडा अध्यक्षहरु ,कार्यपालिका सदस्यहरु ,सामाजिक बिकास समितिका अध्यक्ष बिकास राजवन्सी , गाउँ शिक्षा समितिका सदस्यहरु सहभागी विद्यालयका प्र अ ,शिक्षक ,विद्यार्थीलगायतको प्रतिनिधि मुलक उपस्थित रहेको कार्यक्रमका सहजकर्ता तथा गाउँ शिक्षा शाखाका प्रमुख छवि बस्नेतले बताउनु भएको छ ।

अनलाइन हाजिरी जवाफ ,लेखन तथा चित्रकला प्रतियोगितामा प्रथम ,दोस्रो र तेस्रो हुने विद्यालय तथा विद्यार्थीहरुको नामावली यसप्रकार रहेको शिक्षा शाखा प्रमुख बस्नेतले बताउनु भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार