डडेल्धुराः डडेल्धुरामा राष्ट्रिय फोटो पत्रकार समूह गठन गरिएको छ । राष्ट्रिय र मोफसलमा पत्रकारिता गरिरहेका पत्रकारहरुलाई समेटेर बिहीबार राष्ट्रिय फोटो पत्रकार समूह,नेपाल डडेल्धुरा शाखा गठन गरिएको हो ।

समूहका केन्द्रीय सदस्य राजेन्द्र थापाको उपस्थितिमा तदर्थ समितिबाट जिल्ला कार्य समिति चयन गरिएको छ । डडेल्धुरा शाखाको अध्यक्षमा टेकराज अवस्थी चयन भएका छन् । अवस्थीको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा ममता भट्ट, सचिवमा हर्क चन्द, कोषाध्यक्षमा पुष्कर भण्डारी चयन भएका छन् । सदस्यहरुमा क्रमशः गणेश थापा, प्रकाश पार्की, राधा फुलारा, र दिनेश गुरुङ रहेका छन् । कार्य समितिले एक सदस्य पछि चयन गर्नेछ ।

फोटो पत्रकार समूहमा फोटो यस प्रदेशमा रहेर फोटोपत्रकारिता गरिरहेका सवै फोटोपत्रकारहरुलाई समेट्न सकिने समितिका अध्यक्ष अवस्थीले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार