काठमाडौँ l सरकारले कोरोनाको संक्रमणको अवस्थामा आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर लामो दुरीका गाडी चलाउन निर्देशन दिएको छ । लामो दूरीका बस गएको असोज १ गतेदेखी सञ्चालनमा आएका छन् ।
कोरोनाभाइरसको संक्रमणको जोखिमबढ्दै गइरहेको बेला लामो दूरीका बस सञ्चालनमा आउदा संक्रमण फैलने होकी भन्ने डर छ । यस्तो अवस्थामा चालक, सहचालकले मास्क सबैले माक्स, पञ्जा, सेनेटाइजर अनिवार्य लगाउनु पर्ने ।
बसले ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने बताइएको छ । यस्ता सुरक्षाका उपाय अबलम्बन गरेर अहिले लामोदुरीका बसहरु चलिरहेका छन् ।
त्यस्तै बुधबारबाट लामो दुरीको साझा यातायात पनि सञ्चालनमा आउने भएको छ । भोलिबाट बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा लामो दुरीको साझा यातायात चल्ने बताइएको छ । यात्रुले टिकट साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्कबाट काट्न सक्नेछन् ।