— राज कुमार कार्की

रोइ रोइ हैन है हासेर पाँच बर्ष देश नै चलाउ l
चुच्चे नक्सा फालि सबको दिल नै फेरि नजलाउ ll

के के कुरा भयो फेरि तिम्रो सामान्तहरुको भेटमा l
अलिकति पनि हरि छैन रैछ है तिम्रो नै पेटमा  ll

ताली बजाइ सबले फेरि किन भत्ता नै पचाएउ l
नाटक गरि एकपटक फेरि तिमीले सत्ता बचाएउ ll

हेर्दैछन सबले जैले दलहरुको आन्तरिक लडाइँ  l
गर्नेछन् जनताहरुले अब त दलहरु माथि कडाइ ll

झुट्टो राष्ट्रवाद रहेछ तिम्रो है बसेउ खोल नै ओढेर l
सामान्त सँग के कुरा गरेउ जमिन फिर्ता लिन नै छोडेर ll

सरिता गिरी बोलिरहिन है नगद नारायण नोटले l
तिमीहरू सब मात्तिएउ जनताको नै पाएर बहुमतले ll

तिम्रो सत्ता ढल्नेछ कुन दिन हो ती देव नै रिसाएर  l
बहुमत तिम्रो आयो अर्को दल सँग नै त मिसाएर ll

एक दिन फेरि टुट्ने छ है त्यो जोडिएको हाँडी l
रसातलमा पुग्नेछ यो दुई पाइलटको जेट गाडी  ll

हेरिरहेका छन् जनताहरु तिम्रो सबै घोषणा पत्र l
सुधार गरि नगए पार्नेछन जनताले फेरि अलपत्र  ll

समय केहि बाँकी छ सक्छौ भने फेरि सुधार नै गर  l
जनताको न्यायालयमा महाभियोग लगाउने नगर तरखर ll

कन्यादान गरेको हैन जनताले मतदान हो भनि जान l
म्यादी मतदान मात्र गरेको हो जनताले मान नमान ll

भाइरस नै पसेको हुनसक्छ तिमो त्यो जेट इन्जिन गाडीमा l
एन्टि भाइरस लगाउ बन्द नै हुनसक्छ चलाउने नाडीमा ll

जिज्ञासा हो यो कवितामा जनताको नगर्नु झगडा लडाइँ  l
पचाउन गार्‍हो हुन्छ होला बिरेचनको कमिले नगर्नु कडाइ  ll

जिज्ञासा राखेर कवितामा हजुर बिदा नै भए ऐले l
रिस राग नराख्नु मनमा तलाई लाखे र पखे भनि जैले  ll

धन्यवाद ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार