कसैले भन्छन् राजनीति भेडाको नै उन हो
कसैले भन्छन् राजनीति अकबरी सुन हो
मैले त खै के हो के हो बुझन नै पो सकिन
कसैले भन्छन् यो खैनीमा हाली खाने चून हो

                          1
कसैले भन्दछन् पार्टी बिचार मिल्नेहरुको मेल हो
कसैले भन्दछन् पार्टी मन मिल्नेहरु कै त भेल हो
मत भन्दछु पार्टी चेसको एक चेक दिने खेल छ
कसैले भन्दैछन् पार्टी गुट बनि देश लुट्ने झेल हो

                           2
मान्छेहरू भन्दैछन् यो जिन्दगी रहर हो
नबुझ्नेले भन्दैछन् यो जिन्दगी जहर हो
खै के हो केही पनि बुझ्न सकिन त मैले
कसैले भन्दैछन् यो कोरोनाको कहर हो

                         3

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार