नेपालमा पाँच हजार बढी बालबालिकामा विश्वव्यापी कोरोना महामारीको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार, नेपालमा १० वर्ष भन्दा मुनिका पाँच हजार ५६५ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राजधानी उपत्यकामा मात्रै एक हजार नौ सय बालबालिकामा कोरोना संक्रमण भएको छ । संक्रमित हुने किशोरकिशोरीको संख्या पनि १४ हजार बढी छ । ११ देखि १९ वर्षसम्मका १४ हजार ६३० जनामा संक्रमण पुष्टि भएको छ । यो तथ्याङ्कले बालबालिका संक्रमणको उच्च खतरामा रहेको प्रमाणित हुन्छ । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) को अनुसन्धानमा पनि बालबालिका संक्रमित हुने तथ्य असमान्य रहेको देखाउँछ ।

युनिसेफले विश्वका ८७ देशमा गरेको अनुसन्धानमा हरेक ९ मध्ये एक जना अर्थात् ११ प्रतिशत बालबालिका छन् । त्यसो त संक्रमणले अन्य उमेर समूह पनि कम प्रभावित छैनन् । तर, बालबालिकामा हुने संक्रमणले दीर्घकालीन असर पार्ने भएकाले विशेष ध्यान दिनुपर्ने हुन्छ । अझ कोरोना कहरका कारण अर्थतन्त्र धरासायी हुँदा थप बालबालिकाले लामो समय प्रभावित हुनुपर्ने अनुमान गरिदैछ । युनिसेफ र सेभ द चिल्ड्रेनले गरीबीमा बाँच्न बाध्य बालबालिकाको संख्या एक अर्व २० करोड पुगेको छ ।

प्रत्यक्ष संक्रमित हुने बाहेक कोरोना महामारीकै कारण पोषणको समस्या थपिने आँकलन गरिएको छ । अझ नेपाल जस्तो कम विकसित मुलुकमा यसको असर बढी पर्नेछ । अर्काेतिर नेपाल बढी किशोर भएको मुलुकमा समेत पर्छ । २०६८ को जनगणनाअनुसार, एक करोड १० लाख बढी बालबालिका छन् । यो समूहमा कोरोना महामारीका कारण नराम्रो मनोवैज्ञानिक असर समेत परेको छ ।

लामो समय लकडाउन र निषेधाज्ञा हुँदा बालबालिकामा गम्भीर मनोवैज्ञानिक असर देखिएको छ भने शैक्षिक संस्थाहरु बन्द हुँदा दिनचर्या बिग्रिएको छ । तसर्थ, बालबालिकालाई कोरोना कहरबाट जोगाउन पहिलो त संक्रमित हुनबाट जोगाउन जरुरी छ ।

बालबालिकामा संक्रमण हुँदा उनीहरु नराम्रोगरी बिचलित हुनेछन् । यसको असर दीर्घकालीन रुपमा पर्छ । कोरोनाबाट जोगाउन अरु व्यक्तिहरुसँगको सम्पर्कबाट जोगाउने नै हो ।

सँगै, सरकारले दीर्घकालीन असरबाट बालबालिकालाई जोगाउने किसिमका कार्यक्रम ल्याउन जरुरी छ । त्यसै पनि हामी बालबालिकालाई देशको भविष्य बन्ने गर्छौ । त्यसैले भविष्य सुरक्षित राख्न बालबालिका जोगाउन विशेष ध्यान दिऔं ।

श्रोत – बालबालिका तथा शिक्षा सञ्चार मञ्च नेपाल

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार