एजेन्सी – फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन ९पीएसजी० लाई कडा झड्का लाग्यो जतिबेला उसको टिमका टिमोथी पेम्वेको आत्मघाती गोल गरे । खेलका १० औँ मिनेटमा टिमोथी पेम्वेको आत्मघाती गोल गरेपछि लय गुमाएको पीएसजीका लागि नेयमारको शानदार गोलले चर्चा पायो । नेयमारले पेनाल्टीमा गोल गरेसँगै खेल एकरएकको बराबरीमा आयो ।

नेइमारले गोल गरेको एक मिनेटपछि नै मोइस किनले गोल गर्दै पीएसजीलाई २–१ ले अघि बढाएको खेलले गति लियो ।

तर खेलको ६०औं मिनेटमा हाटिम विन अर्फाको पासमा यासिन एडलिले गोल गर्दै खेललाई २–२ गोलको बराबरी गरेसँगै फेरी पीएसजीलाई कडा झड्का लाग्यो र फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पीएसजी)बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा पीएसजी बोर्डक्ससँग २-२ गोलको बराबरीमा रोकिएपनि पीएसजी शीर्ष स्थानमै छ । उसले १२ खेलबाट २५ अंक जोड्न सफल भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार