काठमाडौं-कोरोना महामारीको सन्त्रासका कारण बेहुला बेहुलीले नै पीपीई सेट लगाएर विवाह गरेका छन् । यो रमाइलो घटना हो भारतको । विवाहको सबै काम सकाएर अन्माउने दिन आउन लाग्दा बेहुलीलाई कोरोना भाइरस पोजिटिभ देखिएपछि पीपीई सेट लगाएर विवाह सम्पन्न गरिएको हो ।

उनीहरुको विवाहको सबै कार्य त्यही पीपीई सेट लगाएर नै गराइएको थियो । जुन तस्विर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । बेहुला बेहुली मात्रै होइन विवाहमा उपस्थित निकटका व्यक्तिहरुले पनि पुरै शरीर ढाकिने हाज्माट सूट पहिरिएका थिए ।

उनीहरुको विवाह नै कोभिड–१९ का लागि बनाइएको क्वारेन्टीनमा सम्पन्न गरिएको हो । विवाहमा संलग्न बेहुला बेहुली तथा केटा केटी पक्षका निकट व्यक्तिहरुले पुरै शरीर ढाकिने पहिरनका अलावा मुखमा मास्क लगाएर जग्गेको काम गरेका थिए । समाचारमा जनाइए अनुसार बेहुलीका परिवारका अरु सदस्यमा पनि कोरोना पोजिटिभ देखिएको उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टीनमा रहेका छन् ।विवाहपछि बेहुला बेहुली दुबैलाई अलग अलग आइसोलेसनमा राखिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार