बिना रोका

वीरका पाखुरा चम्किए राजमा
आज यो चेतना फैलियो साथमा
सिर्जना कोर्दछौँ देशको नाममा
रम्दछौँ लेकका टाकुरा साथमा

कर्म विश्वासले प्रेमले चम्किने
मित्रता तोडिए दूर्दशा निम्तने
विश्व नै काँप्छ यी वीरका शक्तिमा
ज्ञानका पाइला पर्दछन् भक्तिमा

प्रेम सद्भावले जन्मने भावना
छर्दछौँ बागमा फूलको बासना
चन्द्रको बिम्बमा शीत ओझेलमा
चम्किने ज्योति भै प्रेमको देशमा

ज्ञान विज्ञानले जन्मने वीरता
मानले बाँच्नु नै जिन्दगी हो सदा
सम्झदै बुद्धका सत्यता ज्ञान ती
सक्छ को भुल्न नै देशको सान यी

रम्दछन् फूल ती सूर्य त्यो झुल्किँदा
वृक्ष ती नाच्दछन् वायुले हल्लिँदा
सम्झिँदा फूलको बासना बागमा
चुम्दछन् प्रेमले गोधुली साँझमा

बिना रोका
घोराही दाङ्ग

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार