दयानन्द गोस्वामी

 –  दयानन्द गोस्वामी

गवेषणा आफ्नै सुरम्य जीवनको
शेषांक ,शुन्यता बाहेक क्यै रहेन,
तनमय तमोरका झंकारहरु मा
छन्दमय तरंगित सरगम मिलेन,

नुपूरका हरेक मोहक छमछमहरू मनमा सजिएका मिठा सपनाहरु,
अनी त्वरित मनका उत्कण्ठाहरू
कल्पित सुरभि सरोवरमा बगेन,

गवेषणा आफ्नै सुरम्य जीवनको  शेषांक शुन्यता बाहेक क्यै रहेन,
विभु- नृपको चाहे सन्तति नै हुँ म
अथवा हुँ म कुनै दरिद्र फकिरको,

आत्मा त सब, एकै ,हो प्राणीको प्रत्येक मुण्ड मुण्ड सबै ज्ञानी हो,
महाज्ञानीको, पनि ,मन्चन गर्दछ
तर ! धरामा कोहि अनुकुल भएन,

जीन्दगीको आगामी यात्राहरूमा अति बक्र देखेँ सारा पगडण्डहरू,
विकटता व्यवधानहरू पार गर्दै
सकस बनाउँनु ,छ ,जीन्दगी बरु !

शब्द शब्द मा विकार ,मिश्रित छ  कर्कश वाणी अन्तरहृदयले सहेन,
गवेषणा आफ्नै सुरम्य जीवनको
शेषांक शुन्यता बाहेक क्यै रहेन।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार