नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देव वाटमोर नियुक्त गरिएको छ। विहीबार नेपाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षक नियुक्त गरेको हो।

श्रीलंकालाई सन् १९९६ मा प्रशिक्षकको रुपमा विश्वकप क्रिकेटको उपाधि जिताएका वाटमोर अहिले सिंगापुर क्रिकेटको मुख्य प्रशिक्षकको जिम्मेवारीमा थिए । त्यहाँबाट उनी नेपाल आउने भएका हुन्। क्यानले वाटमोरको नियुक्ति कति समय भन्ने भने खुलाएको छैन्।

यस्तै क्यानले जनरल म्यानेजरमा रौनक मल्ललाई नियुक्त गरेको छ । रमेशकुमार न्यौपानेलाई चिफ फाइनान्स अफिसरमा नियुक्त भएका छन् भने राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दासलाई क्रिकेट व्यवस्थापकमा नियुक्त गरिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार