बिर्तामोड ,३ असार । कोरोना संक्रमणका कारण रोजगारी गुमाएका बिर्तामोड १० तेलकानी सुकुम्बासी वस्तीका ५१ परिवारलाई आज नेपाली काङ्ग्रेस महामारी व्यवस्थापन समिति को समन्वयमा राहत वितरण गरिएको छ ।

नेपाली काङ्ग्रेस १० नम्बर वडाको आग्रहमा हल्दिवारी ४ का वडा अध्यक्ष होम प्रसाद चुडालले २२ परिवारलाई र काङ्ग्रेस बिर्तामोड १० ले २९ परिवार गरि जम्मा ५१ परिवारलाई राहत वितरण गरेको बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङले बताए ।

हल्दिवारीका वडा अध्यक्षले बिर्तामोड नगरपालिकामा पुगेर राहत वितरण गरेको दृश्य रोचक रहेको स्थानीय बताउछ्न । चुडाल सहितको टोलिले १५ किलो चामल ,१/१ केजि नुन र दाल ,१ लिटर तेल ,नुहाउन र लुगा धुने साबुन वितरण गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार