झापाको हल्दिवारि गाउँपालिकामा कोभिड -१९ को दोस्रो भेरियन सुरुभए यता साउन २ गतेसम्म ४ सय जना कोरोनाबाट संक्रमीत भएका छ्न ।

हल्दिवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा कोभिड – १९ फोकल पर्सन पुष्कर निरौलाले दिएको जानकारी अनुसार सोही अवधिमा कोरोना संक्रमणको कारण ९ जनाको ज्यान समेत गएको छ ।

उनका अनुसार ३६६ जना निको भएका छ्न भने २५ जना सक्रिय संक्रमितहरु विभिन्न अस्पताल ,गाउँपालिकाको आइसोलेसन केन्द्र र होम आइसोलेसनमा उपचाररत रहेका छ्न ।

स्वास्थ्य शाखा प्रमुख निरौलाका अनुसार कोभिडको दोस्रो लहर सुरुभए यता स्वास्थ्य शाखाले ४१९ जनाको पिसिआर टेस्ट गरेको छ भने ५९७ जनाको एन्टिजिन टेस्ट गरेको गरेको छ

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार