झापा-  बिर्तामोडमा रहेको बिएण्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटलले अत्याधुनिक ल्याव सेवा सञ्चालनमा ल्याएको छ । सोमबार एक कार्यक्रम आयोजना गरी अस्पतालले अत्याधुनिक ल्याब सेवा सञ्चालनमा ल्याएको हो ।

उक्त कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अत्याधुनिक ल्याव सेवा सञ्चालनमा आएसँगै रोग पत्ता लगाउन विदेश वा काठमाडौँ धाउनु नपर्ने बताए । उनले अस्पतालमा अत्याधुनिक ल्याव सेवा सञ्चालनमा आएपछि उपचारमा सहज हुने र रोग पत्ता लगाउन गाह्रो नहुने बताए ।

उनले भने ‘अस्पतालमा ल्याब सञ्चालन हुँदा उपचारमा सहज हुनको साथै कुनै पनि रोगको उपचारका लागि अब काठमाडौँ वा विदेश जानु पर्दैन।’

अब विश्वका सबै प्रकारको परिक्षण बिएण्डसी अस्पतालमा नै हुनेछ । अस्पतालमा फाइन निडल अस्पिरेसन साइटोलोजी (एफएनएसी) र बायोप्सी परीक्षण गर्न सकिने बिएण्डसी अस्पतालले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार