प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा एक हजार १४४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस अवधिमा एक हजार १०४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । आज थपिएका सङ्क्रमितहरूमा एक हजार ९६७ जनाको पीसीआर परीक्षण गर्दा ५८० र एक हजार ६६६ जनाको एन्टिजेन परीक्षणबाट ५६४ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९१ मध्ये विराटनगरमा ५५, सुनसरीमा १८७, झापामा १५७, इलाम र धनकुटामा १६र१६, उदयपुरमा चार, खोटाङ र सङ्खुवासभामा दुईरदुई, ताप्लेजुङ र तेह्रथुममा एकरएक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको छ । सो अवधिमा प्रदेशमा आज ३९७ जना सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमणमुक्त हुनेमा २२८ महिला र १६९ पुरुष छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सात महिला र तीन पुरुष रहेको मन्त्रालयलले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार